Logo

२०८२ माघ १६ गते शुक्रवार

२०८२ माघ १६ गते शुक्रवार

चर्को आलोचना पछि राजेन्द्र पाण्डेले दिए मुख्यमन्त्री पदबाट राजीनामा

चर्को आलोचना पछि राजेन्द्र पाण्डेले दिए मुख्यमन्त्री पदबाट राजीनामा


  • 1.9K
    Shares

    चर्को आलोचना पछि राजेन्द्र पाण्डेले दिए मुख्यमन्त्री पदबाट राजीनामा

    बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले पदबाट राजीनामा दिएका छन्। बिहीबार प्रतिनिधिसभा सदस्यको शपथ ग्रहण गरेका मुख्यमन्त्री पाण्डेले शुक्रवार प्रदेश प्रमुख यादवचन्द्र शर्मासमक्ष राजीनामा बुझाएका हुन् ।

    मुख्यमन्त्रीबाट राजीनामा नदिई सङ्घीय सांसदको शपथ लिएको भन्दै उनको चर्को आलोचना पनि भएको थियो। उनले राजीनामा दिए पनि अर्को मन्त्रिपरिषद् गठन नभएसम्म पाण्डेले नै मुख्यमन्त्रीको कार्य सञ्चालन गर्नुपर्ने संवैधानिक बाध्यता छ।

    संविधानको धारा १६९ ले अर्को मन्त्रिपरिषद् गठन नभएसम्म उनले कार्य सञ्चालन गर्न सक्ने अधिकार दिएको छ। धारा १६९ (३) मा मुख्यमन्त्री पद रिक्त भए तापनि अर्को प्रदेश मन्त्रिपरिषद् गठन नभएसम्म सोही मन्त्रिपरिषद्ले कार्य सञ्चालन गर्ने उल्लेख छ। तर मुख्यमन्त्रीको मृत्यु भएमा अर्को मुख्यमन्त्री नियुक्ति नभएसम्मका लागि वरिष्ठतम मन्त्रीले मुख्यमन्त्रीको रुपमा कार्य सञ्चालन गर्ने व्यवस्था छ।

    प्रकाशित मिति :पौष ८ २०७९ शुक्रवार - १५:५९:४४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij