Logo

२०८२ माघ १६ गते शुक्रवार

२०८२ माघ १६ गते शुक्रवार

के सन्देश लिएर बालुवाटार पुगे प्रकाशमान सिंह ?

के सन्देश लिएर बालुवाटार पुगे प्रकाशमान सिंह ?


  • 1.8K
    Shares

    के सन्देश लिएर बालुवाटार पुगे प्रकाशमान सिंह ?

    नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेलगत्तै कांग्रेस नेता प्रकाशमान सिंह बालुवाटार पुगेका छन् । 

    आज बिहान खुमलटार पुगेर नेता सिंहले प्रचण्डलाई भेटेका थिए । दुई नेताबीच सरकार गठनको विषयलाई लिएर कुराकानी भएको थियो । सो क्रममा प्रचण्डले कुनै पनि हालत पहिले आफूले प्रधानमन्त्री पाउनुपर्ने अडान राखेका थिए ।

    कांग्रेसले पनि राष्ट्रपति नछाड्ने बरु प्रधानमन्त्रीमा खुला रहेको विकल्प गठबन्धन दललाई सुनाइसकेको छ । तर पनि देउवाले पहिले प्रधानमन्त्री आफूले पाउनुपर्ने, दुई वर्षपछि प्रचण्ड र तेस्रो कार्यकाल अर्थात् एक वर्ष माधवकुमार नेपाल प्रधानमन्त्री हुने विकल्प प्रस्तुत गर्दै आएका छन् । 

    प्रकाशित मिति :पौष ८ २०७९ शुक्रवार - १२:५७:०६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij