२०८२ फाल्गुण २७ गते बुधवार
भोलि शनिबारदेखि सुरु हुनलागेको नेपाल टी२० लिगको विजेताले पाउने पुरस्कार राशी निर्धारण गरिएको छ।
यसअनुसार प्रतियोगिताको विजेताले ५५ लाख पाउने भएको छ। त्यस्तै दोस्रो हुने टोलीले ३० लाख र तेस्रो हुने टोलीले १० लाख पाउनेछ।
चौथो हुने टोलीले पनि ५ लाख रुपैयाँ हात पार्ने भएको छ। त्यसैगरी प्लेयर अफ दि सिरिजले ५ लाख पाउँदा उत्कृष्ट ब्याट्सम्यान र बलरले समान साढे २ लाख पाउने नेपाल क्रिकेट संघ ९क्यान०ले जनाएको छ। त्यस्तै उदीयमान खेलाडीले पनि १ लाख ८० हजार पाउनेछ।
सर्वाधिक पुरस्कार राशीको क्रिकेट प्रतियोगिता काठमाडौंस्थित त्रिवि क्रिकेट मैदानमा हुनलागेको हो। शनिबार काठमाडौं नाइट्स र पोखरा एभेन्जरले उद्घाटन खेलमा प्रतिस्पर्धा गर्नेछन्।
यस्तो छ खेल तालिका

© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij