Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

नेपाल टी-ट्वान्टी लिग: विजेतालाई ५५ लाख, दोस्रो र तेस्रो हुनेलाई कति?

नेपाल टी-ट्वान्टी लिग: विजेतालाई ५५ लाख, दोस्रो र तेस्रो हुनेलाई कति?


  • 2.3K
    Shares

    नेपाल टी-ट्वान्टी लिग: विजेतालाई ५५ लाख, दोस्रो र तेस्रो हुनेलाई कति?
    images

    भोलि शनिबारदेखि सुरु हुनलागेको नेपाल टी२० लिगको विजेताले पाउने पुरस्कार राशी निर्धारण गरिएको छ। 

    यसअनुसार प्रतियोगिताको विजेताले ५५ लाख पाउने भएको छ। त्यस्तै दोस्रो हुने टोलीले ३० लाख र तेस्रो हुने टोलीले १० लाख पाउनेछ। 

    चौथो हुने टोलीले पनि ५ लाख रुपैयाँ हात पार्ने भएको छ। त्यसैगरी प्लेयर अफ दि सिरिजले ५ लाख पाउँदा उत्कृष्ट ब्याट्सम्यान र बलरले समान साढे २ लाख पाउने नेपाल क्रिकेट संघ ९क्यान०ले जनाएको छ। त्यस्तै उदीयमान खेलाडीले पनि १ लाख ८० हजार पाउनेछ। 

    सर्वाधिक पुरस्कार राशीको क्रिकेट प्रतियोगिता काठमाडौंस्थित त्रिवि क्रिकेट मैदानमा हुनलागेको हो। शनिबार काठमाडौं नाइट्स र पोखरा एभेन्जरले उद्घाटन खेलमा प्रतिस्पर्धा गर्नेछन्। 

    यस्तो छ खेल तालिका

    t-20-talika.jpg

    प्रकाशित मिति :पौष ८ २०७९ शुक्रवार - १२:५०:१५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij