Logo

२०८२ माघ १६ गते शुक्रवार

२०८२ माघ १६ गते शुक्रवार

प्रचण्ड भेट्न खुमलटार पुगे प्रकाशमान, के भयो कुराकानी?

प्रचण्ड भेट्न खुमलटार पुगे प्रकाशमान, के भयो कुराकानी?


  • 2.0K
    Shares

    प्रचण्ड भेट्न खुमलटार पुगे प्रकाशमान, के भयो कुराकानी?

    नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेका छन् । उनले आज बिहान खुमलटार पुगेर प्रचण्डसँग भेट गरेका हुन्। 

    प्रचण्ड र सिंहबीचको भेटवार्तामा समसामयिक राजनीतिक विषयमा कुराकानी भएको बताइएको छ । प्रचण्डले पहिलो कार्यकालमै आफूले प्रधानमन्त्री पद पाउनुपर्ने अडान कायमै राखेका छन्।

    उनले आफ्नो अडानबाट पछि नहट्ने संकेत देखाएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले नेता सिंहलाई खुमलटार पठाएको बताइएको छ । 

    बिहीबार बेलुका बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा, अध्यक्ष प्रचण्ड र माधवकुमार नेपालबीच छलफल भएको थियो । बिहीबारको छलफलमा सत्ता बाँडफाँटबारे छलफल भएको थियो ।  
     
    छलफलमा प्रचण्डले आलोपालोको सहमतिअनुसार पहिलो २ वर्ष आफूलाई प्रधानमन्त्री बनाउन देउवासँग प्रस्ताव गरेका थिए । उनको सो प्रस्तावमा देउवाले सकारात्मक जवाफ फर्र्काएको बताइएको छ । यद्यपि कांग्रेसका अन्य नेताहरू भने प्रचण्डको प्रस्तावमा सन्तुष्ट छैनन् ।  

    प्रकाशित मिति :पौष ८ २०७९ शुक्रवार - ११:५२:४५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij