Logo

२०८२ भाद्र १० गते मंगलवार

२०८२ भाद्र १० गते मंगलवार

सिभिल बैंकको साधारण सभा पुस २८ मा, के-के छन् एजेन्डा ?

सिभिल बैंकको साधारण सभा पुस २८ मा, के-के छन् एजेन्डा ?


  • 2.6K
    Shares

    • images
    सिभिल बैंकको साधारण सभा पुस २८ मा, के-के छन् एजेन्डा ?
    images
    सिभिल बैंकले पुस २८ गते वार्षिक साधारण सभा गर्ने भएको छ । सभा अमृतभोग, कालिकास्थान काठमाडौंमा बिहान ११ बजेबाट सुरु हुनेछ । सभामा बैंकले गत आर्थिक वर्षको नाफाबाट ५% बोनस सेयर र कर तिर्न ०.२६% नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ । यस्तै, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव पनि हुनेछ । 
     
    सभामा यस बैंकलाई हिमालयन बैंकले १००ः८०.२८ सेयर स्वाप रेसियोमा प्राप्ति गर्नका लागि अन्तिम स्वीकृति प्रदान गर्ने विशेष प्रस्ताव पनि रहेको छ । त्यस्तै, गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरणलगायतमा पनि छलफल हुनेछ । 
     
    आर्थिक वर्ष २०७९–८० का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहेको छ । सभा प्रयोजनका लागि बैंकले पुस १९ गते बुक क्लोज गर्ने भएको छ । तसर्थ, पुस १८ गतेसम्म सेयर खरिद गरी कायम रहने सेयरधनीहरुले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।

    प्रकाशित मिति :पौष ७ २०७९ बिहिवार - ११:४५:५५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij