Logo

२०८२ माघ १६ गते शुक्रवार

२०८२ माघ १६ गते शुक्रवार

नवनिर्वाचित सांसदहरुको शपथग्रहण अघि संसद् भवनमा सर्वदलीय बैठक बस्दै

नवनिर्वाचित सांसदहरुको शपथग्रहण अघि संसद् भवनमा सर्वदलीय बैठक बस्दै


  • 1.6K
    Shares

    नवनिर्वाचित सांसदहरुको शपथग्रहण अघि संसद् भवनमा सर्वदलीय बैठक बस्दै

    संघीय संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूको सर्वदलीय बैठक डाकिएको छ ।

    संसदको ज्येष्ठ सदस्य राप्रपा सांसद पशुपतिशमशेर राणाले नवनिर्वाचित सांसदहरूलाई शपथ गराउनुअघि सर्वदलीय बैठक आव्हान गरेका हुन् ।

    आज दिउँसो १ बजेदेखि संसद भवनमा प्रतिनिधिसभा सदस्यलाई पद तथा गोपनीयताको शपथग्रहण गराइँदैछ ।

    त्यसअघि १२ बजे बैठक सञ्चालनसम्बन्धी छलफल गर्न सर्वदलीय बैठकमा प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका एक-एक जना र स्वतन्त्रबाट निर्वाचित सांसदलाई बोलाइएको छ । बैठकमा संसद सञ्चालनलगायतका विषयमा छलफल हुनेछ ।

    संसदमा प्रतिनिधित्व गर्ने सबै १२ दलका एक-एकजना र ५ स्वतन्त्र सांसद बैठकमा सहभागी हुने संसद सचिवालयले जनाएको छ ।

    प्रकाशित मिति :पौष ७ २०७९ बिहिवार - ११:४४:२७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij