Logo

२०८२ माघ १६ गते शुक्रवार

२०८२ माघ १६ गते शुक्रवार

रवीन्द्र मिश्र समूहबाट एकतामा सहभागी नेताहरूलाई राप्रपाले दियो जिम्मेवारी (सूचीसहित)

रवीन्द्र मिश्र समूहबाट एकतामा सहभागी नेताहरूलाई राप्रपाले दियो जिम्मेवारी (सूचीसहित)


  • 1.6K
    Shares

    रवीन्द्र मिश्र समूहबाट एकतामा सहभागी नेताहरूलाई राप्रपाले दियो जिम्मेवारी (सूचीसहित)

    राप्रपा र रवीन्द्र मिश्र नेतृत्वको वृहत् ध्रुवीकरण पक्षबीच भएको एकता अनुरूप पार्टीमा समाहित भएकाहरुलाई अध्यक्ष राजेन्द्र लिङ्देनले जिम्मेवारी दिएका छन्।

    मिश्रलाई यसअघि नै वरिष्ठ उपाध्यक्ष पद दिइएकामा अन्य नेताहरुलाई पनि जिम्मेवारी दिइएको हो। मिश्र राप्रपाबाट काठमाडौं क्षेत्र नं १ मा प्रतिनिधिसभाका उमेदवार भइ कांग्रेसका प्रकाशमान सिंहसँग पराजित भएका थिए । 

    राप्रपाले मिश्र समूहबाट आएकालाई केन्द्रीय कार्य सम्पादन समितिमा समेत समावेश गरेको छ। समितिमा रवीन्द्र मिश्र, शरदराज पाठक, निरूपमा यादव, शोभा शाक्य, अनुपमान सैजु, कर्ण बहादुर शाही, नारायण कोइराला रहेका छन् ।

    मिश्र समूहका शरदराज पाठकलाई महामन्त्री, उज्वलकृष्ण श्रेष्ठ र अमृत पुडासैनीलाई सह महामन्त्री एवं हरिकृष्ण अधिकारी, सौरेन्द्र बहादुर शाहलाई सहायक महामन्त्रीको जिम्मेवारी दिइएको छ। 

    यसैगरी केन्द्रीय सदस्यहरुमा अर्जुन प्रसाद खनाल, हरिप्रसाद गौतम, उद्दव प्रसाद भेटवाल, घनबहादुर शाह, चोकराज घिमिरे, जयप्रकाश गुरागाईं, दिपक प्रसाद उप्रेती, मधुसुदन केसी, रञ्जन कार्की, रोशन शिवाकोटी, लक्ष्मण राज सिटौला, सुशील देवकोटा, दिनेश भण्डारी, माधव भण्डारी, पशुपति पाण्डे, शान्ता गिरी, लक्ष्मी घिमिरे, वसन्ती ज्ञवाली, विना शाह, विपना शर्मा, सरस्वती पन्थी भुसाल, सुशीला अधिकारी केसी, संगीता श्रेष्ठ, राजु वस्याल रहेका छन् । केन्द्रीय सदस्य लक्ष्मी घिमिरेलाई राप्रपाले समानुपातिक कोटाबाट बागमती प्रदेशसभाको सदस्यसमेत बनाएको छ।

    राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले एकतामा आएका मिश्र समूहका नेताहरुलाई केही अघि नै जिम्मेवारी दिइएको भएपनि चुनावी चटारोका कारण सार्वजनिक गर्न ढिलाइ भएको बताए । 

    राप्रपा र रवीन्द्र मिश्रको वृहत् ध्रुवीकरण पक्षधर समूहको एकता असोज १२ गते भएको थियो ।

    प्रकाशित मिति :पौष ७ २०७९ बिहिवार - ११:२९:०० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij