Logo

२०८२ माघ १६ गते शुक्रवार

२०८२ माघ १६ गते शुक्रवार

माधव नेपालको अवस्था बुझ्न त्रिवि पुगे देउवा र प्रचण्ड

माधव नेपालको अवस्था बुझ्न त्रिवि पुगे देउवा र प्रचण्ड


  • 1.7K
    Shares

    माधव नेपालको अवस्था बुझ्न त्रिवि पुगे देउवा र प्रचण्ड

    स्वास्थ्यमा समस्या भएर त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालको अवस्था बुझ्न सत्तारुढ दुई शीर्ष नेता पुगेका छन्। 

    पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपाल रूघा खोकी, ज्वरो र छातीमा संक्रमण देखिएपछि उपचारार्थ मंगलबार त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जमा भर्ना भएका थिए।

    अस्पतालमा स्वास्थ्यलाभ गरिरहेका उनलाई भेट्न बुधबार दिउँसो प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्८ पुगेका हुन्। 

    प्रधानमन्त्रीका प्रेस सल्लाकार गोविन्द परियारले दुवै नेताले नेपालको स्वास्थ्य अवस्थाको जानकारी लिँदै स्वास्थ्य लाभको कामना गरेको बताएका छन्। 

    नेपाललाई संक्रमण फैलिन सक्ने जोखिमलाई ख्याल गरेर चिकित्सकको सुझावअनुसार अस्पतालमा भेटघाट बन्द गरिएको उनको निजी सचिवालयले जनाएको थियो। 

    यसअघि नेपालले एक साताअघि थापाथलीस्थित नर्भिक अस्पताल पुगेर स्वास्थ्य परीक्षण गरेका थिए। 

     

    प्रकाशित मिति :पौष ६ २०७९ बुधवार - १५:१८:३५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij