Logo

२०८२ माघ १६ गते शुक्रवार

२०८२ माघ १६ गते शुक्रवार

८१ वर्षीय पशुपति शमशेरले लिए सांसद पदको शपथ

८१ वर्षीय पशुपति शमशेरले लिए सांसद पदको शपथ


  • 1.8K
    Shares

    ८१ वर्षीय पशुपति शमशेरले लिए सांसद पदको शपथ

    मंसिर ४ को निर्वाचनबाट प्रतिनिधिसभामा विजयी सबैभन्दा पाको उमेरका पशुपति शमशेर जबराले सांसद पदको शपथ लिएका छन्। 

    ८१ वर्षीय उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार शीतल निवासमा आयोजित एक कार्यक्रममा पद तथा गोपनियताको शपथ ग्रहण गराएकी हुन्। 

    प्रतिनिधिसभाको सभामुख र उप-सभामुखको निर्वाचन नभइसकेको र दुवै पद रिक्त रहेको अवस्थामा जेष्ठ सदस्यले राष्ट्रपतिबाट शपथ ग्रहणपछि अरु सांसदहरुलाई शपथ दिलाउने संवैधानिक व्यवस्था छ। त्यही व्यवस्थाअनुसार राणाले राष्ट्रपतिबाट शपथग्रहण गरेका हुन्। 

    यो संसदमा निर्वाचित महेन्द्र यादव, चित्रबहादुर केसी र पशुपति शमशेरमध्ये को ज्येष्ठ सांसद भन्ने विवाद संसद सचिवालयले मंगलबार टुंग्याएको थियो। 

    उनीहरुको नागरिकतामा उल्लिखित जन्ममिति भिडाएर हेर्दा सबैभन्दा जेठा सांसद पशुपति शमशेर देखिएका थिए। अब जबराले राष्ट्रपतिबाट सपथ लिएपछि अन्य सांसदहरुलाई शपथ गराउनेछन्। पशुपति शमशेरको उमेर ८१ वर्ष १० दिन पूरा भएको छ।

    राष्ट्रपतिबाट शपथ लिएका राणाले बिहीबार नवनिर्वाचित अरु सांसदलाई शपथ खुवाउने कार्यक्रम छ।प्रतिनिधिसभामा प्रत्यक्षतर्फ १ सय ६५ र समानुपातिकतर्फ १ सय १० सहित २ सय ७५ जना निर्वाचित भएका छन्। 

    प्रकाशित मिति :पौष ६ २०७९ बुधवार - १४:४२:४२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij