Logo

२०८२ भाद्र ८ गते आइतवार

२०८२ भाद्र ८ गते आइतवार

महिला लिग फुटबलको दोस्रो चरणका खेलहरु आजदेखि सुरु हुँदै

महिला लिग फुटबलको दोस्रो चरणका खेलहरु आजदेखि सुरु हुँदै


  • 9.1K
    Shares

    महिला लिग फुटबलको दोस्रो चरणका खेलहरु आजदेखि सुरु हुँदै
    images

    काठमाडौं । राष्ट्रिय महिला लिग फुटबल अन्तर्गत दोस्रो चरणका खेलहरु आज (शनिवार)बाट शुरु हुँदैछ ।

    आज हुने दोस्रो चरणको पहिलो खेलमा त्रिभुवन आर्मी क्लब र चौदण्डीगढी नगरपालिका भिड्ने छन् । दुई टोलीबीचको खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा अपरान्ह २ बजे शुरु हुनेछ ।

    पहिलो चरणको खेल सकिँदा आर्मी १३ अङ्कसहित तालिकाको दोस्रो स्थानमा छ भने चौदण्डी पुछारमा छ । पहिलो चरणका कुनै पनि खेलमा गोल गर्न नसकेको चौदण्डीगढीले आजको खेलमा अप्रत्यासित नतिजा निकाल्ने लक्ष्य लिएको छ ।

    सशस्त्र शतप्रतिशत नतिजासहित १८ अंक जोडेर गिलको शीर्ष स्थानमा छ । आजदेखि सुरु हुने दोस्रो चरणका बाँकी खेलहरू सातदोबाटोमा रहेको एन्फा कम्प्लेसको मैदानमै हुने अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ ।

    प्रकाशित मिति :माघ २४ २०७७ शनिवार - १०:१५:५७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij