Logo

२०८२ भाद्र १० गते मंगलवार

२०८२ भाद्र १० गते मंगलवार

अर्जेन्टिनालाई ३६ वर्षपछि विश्वकप उपाधि

अर्जेन्टिनालाई ३६ वर्षपछि विश्वकप उपाधि


  • 1.8K
    Shares

    • images
    अर्जेन्टिनालाई ३६ वर्षपछि विश्वकप उपाधि
    images

    अर्जेन्टिनाले ३६ वर्षपछि विश्वकप उपाधि जितेको छ। लिओनेल मेसीको कप्तानीमा रहेको अर्जेन्टिनाले कतारमा जारी २२ औं विश्वकपको उपाधि जितेको हो।फ्रान्सलाई ४-२ गोल अन्तरमा हराउँदै अर्जेन्टिनाले उपाधि जितेको हो।

    खेलको निर्धारित ९० मिनेट २-२ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो। अतिरिक्त समयमा पनि १-१ गोल भएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट भएको थियो। 

    पेनाल्टीमा गोलकिपर इमिलियानो मार्टिनेज चम्किदा अर्जेन्टिनाले बाजी मार्‍यो। अर्जेन्टिनाका लियोनल मेसी, पाउलो डिबाला, लिन्द्रो पाराडेस र गोन्जालो मोन्टीले पेनाल्टीमा गोल गरे ।

    फ्रान्सका केलियन एम्बाप्पे र रान्डेल कोलो मुवानीले मात्र पेनाल्टीमा गोल गरे। किन्सले कोम्यान र अरुलिन चुवामेनी गोल गर्न चुकेका थिए। अर्जेन्टिनाले तेस्रो पटक विश्वकपको उपाधि जितेको हो। अर्जेन्टिनाले यसअघि सन् १९७८ र १९८६ मा विश्वकपको उपाधि थियो।

    फ्रान्स भने लगातार दोस्रो पटक उपाधि जित्न बन्चित बनेको छ। फ्रान्सले यसअघि सन् १९९८ र २०१८ मा विश्वकप ट्रफी चुमेको थियो।

    अर्जेन्टिनाको लागि पहिलो हाफमा कप्तान लियोनेल मेसी र एन्जल डि मारियाले गोल गरेका थिए। दोस्रो हाफमा किलियन एम्बाप्पेले ९७ सेकेन्डभित्र दुई गोल गरेपछि खेल बराबरीमा आएको थियो।

    खेलको २३ अ‍ौं मिनेटमा अर्जेन्टिनाले मेसीको पेनाल्टी गोलमा अग्रता लियो। पेनाल्टी क्षेत्रभित्र अ‍ोस्मान डेम्बेलेले एन्जल डि मारियालाई लडाएपछि रेफ्रीले पेनाल्टी दिएका थिए।

    ३६ अ‍ौं मिनेटमा डि मारियाले गोल गर्दै अर्जेन्टिनाको अग्रता दोब्बर पारे। एलेक्सिस म्याक एलिस्टरले अफसाइड ट्र्याप बिट गरेपछि दिएको पासमा डि मारिया चुकेनन्।

    खेल सकिन १० मिनेट बाँकी हुँदा फ्रान्सका लागि केलियन एम्बाप्पेले पेनाल्टीमा गोल गर्दै खेलमा फर्कने संकेत दिए। निकोलस अ‍ोटामेन्डीले पेनाल्टी क्षेत्रभित्र रान्डाल कोलो मुआनीलाई लडाएपछि रेफ्रीले पेनाल्टी दिएका थिए। 

    एम्बाप्पेले दुई मिनेट नबित्दै फ्रान्सलाई बराबरीमा ल्याए। कोलो मुअ‍ानीसँग पेनाल्टी क्षेत्र बाहिर पास साट्दै एमबाप्पेले सुन्दर गोल गरे।  

    अतिरिक्त समयको १ सय ९ अ‍ौं मिनेटमा मेसीले अर्जेन्टिनालाई पुनः अग्रता दिलाए।  मेसीको रिवाउण्ड प्रहार जुल्स कुन्डेले क्लियर गरे पनि उनी पोस्टभित्र पसेको निर्णय रेफ्रीले दिएका थिए ।

    अतिरिक्त समयको ३ मिनेट बाँकी रहँदा फ्रान्सले पुन: बराबरी गोल फर्कायो। केलियन एम्बाप्पेले पेनाल्टीमा गोल गर्दै ह्याट्रिक पुरा गर्दा फ्रान्सलाई बराबरीमा ल्याए।

    प्रकाशित मिति :पौष ४ २०७९ सोमवार - ०९:५५:२७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij