Logo

२०८२ भाद्र ६ गते शुक्रवार

२०८२ भाद्र ६ गते शुक्रवार

मूल र सक्कली पार्टी कुन हो त्यो आज बाट क्लियर भयो भन्दै ओलीले प्रचण्ड-माधवलाई भने ‘कठैबरा’ 

मूल र सक्कली पार्टी कुन हो त्यो आज बाट क्लियर भयो भन्दै ओलीले प्रचण्ड-माधवलाई भने ‘कठैबरा’ 


  • 6.1K
    Shares

    मूल र सक्कली पार्टी कुन हो त्यो आज बाट क्लियर भयो भन्दै ओलीले प्रचण्ड-माधवलाई भने ‘कठैबरा’ 
    images

    काठमाडौं । प्रधानमन्त्री समेत रहेका  विभाजित नेपाल कम्युनिष्ट पार्टीका एक अध्यक्ष केपी शर्मा ओलीले कुन पार्टी मूल पार्टी भन्ने आजबाट टुंगो लागेको दाबी गरेका छन् । उनले आज इतिहासकै ठूलो जनसभा काठमाडौंमा भइरहेको बताए ।

    आफ्नो पार्टीद्वारा आयोजित जनसभामा सम्बोधन गर्दै ओलीले भने, ‘अब पनि कोही अलमल छ त कुन पार्टी मूल पार्टी हो भनेर ? हामी हौं मूल पार्टी । हामी कम्युनिष्टको मात्रै होइन, देशकै मूल पार्टी हौं ।’

    काठमाडौंमा कुनै पनि स्थान आफ्नो पार्टीको जनसभाका लागि सानो भएको ओलीले बताए ।

    ‘हामीलाई काठमाडौंमा आमसभा गर्ने ठाउँ भएन । अरुलाई जुन ठाउँ पनि ठूलो हुन्छ, हामीलाई जहाँ छाने पनि सानो हुन्छ । हामीले सबैभन्दा ठूलो ठाउँ छान्यौं । तर, यहाँ पनि मान्छे अटेका छैनन् । फेरि, मान्छेहरु सोधिराख्या छन्, मूल पार्टी कुन हो भनेर । कोही अलमलमा छ अझै पनि भने कठैबरा भन्न सकिन्छ ।

    मूल पार्टी कुन हो थाहा पाउनु परेन रु मूल पार्टी यही हो, जहाँ तपाईं हामी छौं । यो सबैभन्दा ठूलो पार्टी हो । यो पार्टी देशको स्वाधिनताको रक्षा गर्ने र ठीक ढंगले प्रयोग गर्ने, भौगोलिक अखण्डताको रक्षा गर्ने पार्टी हो । आजबाट कुन पार्टी मूल र सक्कली भन्ने कुराको टुंगो लाग्यो, फैसला भयो अब ।’

    प्रकाशित मिति :माघ २३ २०७७ शुक्रवार - १४:४८:१९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij