२०८२ भाद्र ६ गते शुक्रवार
काठमाडौं । गृहमन्त्री एवं नेकपा सचिवालय सदस्य रामबहादुर थापाले प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मालाई अपदस्थ गर्ने षड्यन्त्र भएपछि संसद् विघटनको कदम चाल्नु परेको बताएका छन् ।
काठमाडौंको दरबारमार्गमा आयोजित सभालाई सम्बोधन गर्दै मन्त्री थापाले अवसरवादका विरुद्ध फेरि आफूहरू एकजुट भएको बताएका हुन् ।
‘अहिलेको अस्थिरता राष्ट्रपतिको मानमर्दन गर्नेसित जोडिएको छ, अस्थिरतासँग यो प्रतिगमन जोडिएको छ, प्रतिगामी तत्वले नेतृत्व विस्थापित गर्न सबै प्रकारको भ्रम छर्दै आएका छन्,’ बादलले भने, ‘नेतृत्वले आत्मसमर्पण गर्दैन र स्वेच्छाले राजीनामा नगरे मांसहारी आन्दोलनबाट विस्थापित गर्ने भनेका छन् । मासंहारी आन्दोलन गर्नेलाई संविधानमा व्यवस्था छ । त्यस्तालाई जावलाखेलको जूमा लगेर बन्द गरिने छ ।’
केही साताअघि विद्यार्थी नेताहरूलाई सम्बोधन गर्ने क्रममा नेकपा प्रचण्ड(नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल "प्रचण्ड"ले साकाहारी आन्दोलनले नपुग्ने बताएका थिए ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij