Logo

२०८२ माघ ८ गते बिहिवार

२०८२ माघ ८ गते बिहिवार

अनलाइन गेम्बलिङ तथा बेटिङमा सहभागी भए बैंक खाता रोक्का हुने

अनलाइन गेम्बलिङ तथा बेटिङमा सहभागी भए बैंक खाता रोक्का हुने


  • 2.0K
    Shares

    अनलाइन गेम्बलिङ तथा बेटिङमा सहभागी भए बैंक खाता रोक्का हुने

    अनलाइन माध्यमबाट जुवा तथा बाजीजन्य (गेम्बलिङ एण्ड बेटिङ) मा सहभागी हुनेको बैंक खाता तथा मोबाइल वालेट बन्द हुने भएको छ । यस्तो कार्य गैरकानुनी कार्य भएकोले गेम्बलिङ तथा बेटिङमा संलग्न हुनेमाथि कारबाही अघि बढाइएको हो ।

    नेपाल राष्ट्र बैंकले एक सूचना प्रकाशित गरी अनलाइन गेम्बलिङ तथा बेटिङ कार्य नगर्न आग्रह गरेको छ । यस्तो कार्य गैरकानुनी भएकोले नगर्न नगराउन राष्ट्र बैंकले सार्वजनिक सूचना प्रकाशित गरेको हो । ‘जुवा तथा बाजीजन्य (गेम्बलिङ एण्ड बेटिङ) कार्यहरु गैर कानूनी हुन्, यस्ता प्रकृतिका कारोबारहरुमा सहभागी नहुन सर्वसाधारणमा सूचित गरिन्छ,’ नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको सूचनामा उल्लेख छ ।

    विद्युतीय भुक्तानी कारोबारमार्फत जुवा तथा बाजी लगायतका कार्यमा कोही संलग्न भएको पाइएमा सम्बन्धित व्यक्ति÷समूह÷संस्थालाई कानुनी कारबाही हुनेछ । यस्ता व्यक्ति÷संस्था वा समूहको बैंक खाता, मोबाइल वालेट लगायतबाट हुने कारोबारहरु रोक्का गरिने राष्ट्र बैंकले प्रकाशित गरेको सूचनामा उल्लेख छ । 
     
    राष्ट्र बैंकले गेम्बलिङ एण्ड बेटिङको रकम भुक्तानी नगर्न बैंक तथा वित्तीय संस्था तथा मोबाइल वालेट सेवा संचालन गर्ने संस्थाहरूलाई पनि निर्देशन दिएको छ । ‘नेपाल राष्ट्र बैँकबाट इजाजत/अनुमतिपत्र प्राप्त संस्थाहरूले जुवा तथा बाजीजन्य गैर कानूनी कार्यहरुको भुक्तानी बैंक खाता, मोबाइल बैंकिङ्ग, मोबाइल वालेट लगायतका माध्यमबाट हुन नदिने व्यवस्था मिलाउनुहुन जानकारी गराइएको छ,’ राष्ट्र बैँकले भनेको छ ।

    प्रकाशित मिति :मंसिर २८ २०७९ बुधवार - ११:३२:३२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij