Logo

२०८२ फाल्गुण २७ गते बुधवार

२०८२ फाल्गुण २७ गते बुधवार

अनलाइन गेम्बलिङ तथा बेटिङमा सहभागी भए बैंक खाता रोक्का हुने

अनलाइन गेम्बलिङ तथा बेटिङमा सहभागी भए बैंक खाता रोक्का हुने


  • 2.0K
    Shares

    अनलाइन गेम्बलिङ तथा बेटिङमा सहभागी भए बैंक खाता रोक्का हुने

    अनलाइन माध्यमबाट जुवा तथा बाजीजन्य (गेम्बलिङ एण्ड बेटिङ) मा सहभागी हुनेको बैंक खाता तथा मोबाइल वालेट बन्द हुने भएको छ । यस्तो कार्य गैरकानुनी कार्य भएकोले गेम्बलिङ तथा बेटिङमा संलग्न हुनेमाथि कारबाही अघि बढाइएको हो ।

    नेपाल राष्ट्र बैंकले एक सूचना प्रकाशित गरी अनलाइन गेम्बलिङ तथा बेटिङ कार्य नगर्न आग्रह गरेको छ । यस्तो कार्य गैरकानुनी भएकोले नगर्न नगराउन राष्ट्र बैंकले सार्वजनिक सूचना प्रकाशित गरेको हो । ‘जुवा तथा बाजीजन्य (गेम्बलिङ एण्ड बेटिङ) कार्यहरु गैर कानूनी हुन्, यस्ता प्रकृतिका कारोबारहरुमा सहभागी नहुन सर्वसाधारणमा सूचित गरिन्छ,’ नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको सूचनामा उल्लेख छ ।

    विद्युतीय भुक्तानी कारोबारमार्फत जुवा तथा बाजी लगायतका कार्यमा कोही संलग्न भएको पाइएमा सम्बन्धित व्यक्ति÷समूह÷संस्थालाई कानुनी कारबाही हुनेछ । यस्ता व्यक्ति÷संस्था वा समूहको बैंक खाता, मोबाइल वालेट लगायतबाट हुने कारोबारहरु रोक्का गरिने राष्ट्र बैंकले प्रकाशित गरेको सूचनामा उल्लेख छ । 
     
    राष्ट्र बैंकले गेम्बलिङ एण्ड बेटिङको रकम भुक्तानी नगर्न बैंक तथा वित्तीय संस्था तथा मोबाइल वालेट सेवा संचालन गर्ने संस्थाहरूलाई पनि निर्देशन दिएको छ । ‘नेपाल राष्ट्र बैँकबाट इजाजत/अनुमतिपत्र प्राप्त संस्थाहरूले जुवा तथा बाजीजन्य गैर कानूनी कार्यहरुको भुक्तानी बैंक खाता, मोबाइल बैंकिङ्ग, मोबाइल वालेट लगायतका माध्यमबाट हुन नदिने व्यवस्था मिलाउनुहुन जानकारी गराइएको छ,’ राष्ट्र बैँकले भनेको छ ।

    प्रकाशित मिति :मंसिर २८ २०७९ बुधवार - ११:३२:३२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij