Logo

२०८२ भाद्र ६ गते शुक्रवार

२०८२ भाद्र ६ गते शुक्रवार

'जनसभा कत्रो हुन्छ देखाइदिने' घोषणा गरेका ओलीले यसरी घेरे नारायणहिटी दरबार

'जनसभा कत्रो हुन्छ देखाइदिने' घोषणा गरेका ओलीले यसरी घेरे नारायणहिटी दरबार


  • 7.3K
    Shares

    'जनसभा कत्रो हुन्छ देखाइदिने' घोषणा गरेका ओलीले यसरी घेरे नारायणहिटी दरबार
    images

    काठमाडौँ । विभिन्न झाँकी र बाजागाजासहितको जुलुस सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको शक्ति प्रदर्शनमा सहभागी भएको छ। विभिन्न स्थानमा जुलुस निकाल्दै सत्तारुढ दलले आज राजधानीमा शक्ति प्रदर्शन गरिरहेको हो। 

    बाजागाजासहित राजधानीको दरबारमार्गमा अहिले पनि विभिन्न ठाउँबाट जुलुस आउनेक्रम जारी छ। सत्ताधारी दलले यस्तो शक्ति प्रदर्शन गरेको सम्भवत सबैभन्दा ठूलो हो। मोटरसाइकल र्‍यालीसहित आउने समूहहरु पनि दरबारमार्ग पुगेका छन्। सत्तारुढ दलका नेता कार्यकर्ता, मन्त्रीहरु, स्थानीय तहका नेतृत्वमा रहेकाहरु समेत शक्ति प्रदर्शनमा सहभागी भएका छन्।

    नारायणहिटी दरबारको सामुन्नेमा तयार पारिएको विशेष स्टेजबाट प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्दैछन्। पार्टीभित्रको अन्तरकलहका कारण प्रतिनिधिसभा विघटन गरेका प्रधानमन्त्री ओलीले त्यसको विरुद्धमा भइरहेका प्रदर्शनविरुद्ध आफ्नो शक्ति देखाएका हुन्। यसअघि आन्दोलनरत नेकपाका नेताहरुले शक्ति प्रदर्शन गर्दै आमसभा आयोजना गरेका थिए। त्यसलाई चुनौती दिँदै प्रधानमन्त्री ओलीले "जनसभा कत्रो हुन्छ देखाइदिने" बताएका थिए।

    दरबारमार्गमा अटाइनअटाइ मानिसहरु उपस्थित छन्। दरबारको दक्षिण ढोकाबाट पूर्वतिर जयनेपाल सिनेमाघर र पश्चिमतिरको ठमेलसम्म मानिसहरुको उपस्थिति छ। प्रदर्शनमा सहभागी भएकाहरुलाई सहज पार्न ठाउँठाउँमा डिस्प्लेको व्यवस्था गरिएको छ।

    प्रकाशित मिति :माघ २३ २०७७ शुक्रवार - १३:३६:२६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij