Logo

२०८२ भाद्र १० गते मंगलवार

२०८२ भाद्र १० गते मंगलवार

पुसमा ब्याजदर यथावतै राख्नेबारे छलफल, आज निर्णय हुने

पुसमा ब्याजदर यथावतै राख्नेबारे छलफल, आज निर्णय हुने


  • 2.1K
    Shares

    • images
    पुसमा ब्याजदर यथावतै राख्नेबारे छलफल, आज निर्णय हुने
    images
    पुस महिनमा वाणिज्य बैंकहरुले निक्षेपको ब्याजदर स्थिर राख्ने बारे बैंकरहरुबीच छलफल भएको छ । बैंकर्स संघको सोमबार बसेको बैठकमा पुस महिनमा मंसिर महिनाकै ब्याजदरलाई निरन्तरता दिने बारे छलफल भए पनि निर्णय नभएको संघका कार्यकारी निर्देशक अनिल शर्माले बताए । उनले भने, ‘अहिले मंसिर महिनाकै ब्याजदरलाई निरन्तरता दिने बारे छलफल भए पनि यसको निर्णय भने भइसकेको छैन । आज अन्तिम सहमतिको टुङ्गो लाग्छ ।’

    मंसिरमा बैंकहरुले व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर १२.१३३% तथा बचतको न्युनतम ७.१३३% र अधिकतम ९.१३३% सम्म कायम गरेका छन् । संघको निर्णयसँगै यहि ब्याजदरले अब पुसमा पनि निरन्तरता पाउने छ । तथापि, यसबारे निर्णय भइनसकेको शर्माको भनाइ छ ।

    मंसिरमा विकास बैंक र फाइनान्सले ब्याज घटाएर सन्देश दिएका छन् । यता, निजी क्षेत्रले भने ब्याजदर घटाउन चर्को दबाब दिइरहेको छ । तरलता सहज हुँदै गएको केन्द्रीय बैंकका गभर्नर महाप्रसाद अधिकारीले बताउँदै आएका छन् ।
     
    यता, बैंकमा कर्जा प्रवाहभन्दा निक्षेप संकलन बढेको छ । यस्तो अवस्थामा पनि वाणिज्य बैंकहरुले भने पुसमा पनि ब्याजदर यथावत राख्ने संकेत गरेका छन् ।
     

    प्रकाशित मिति :मंसिर २७ २०७९ मंगलवार - ११:३१:१५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij