Logo

२०८२ माघ १६ गते शुक्रवार

२०८२ माघ १६ गते शुक्रवार

समानुपातिकको सूची सच्याउन एमालेलाई फेरि पत्र पठाउँदै आयोग

समानुपातिकको सूची सच्याउन एमालेलाई फेरि पत्र पठाउँदै आयोग


  • 1.6K
    Shares

    समानुपातिकको सूची सच्याउन एमालेलाई फेरि पत्र पठाउँदै आयोग

    काठमाडौँ । निर्वाचन आयोगले नेकपा एमालेलाई समानुपातिकतर्फको सूची सच्याउन आज पुनः पत्राचार गर्ने भएको छ ।

    मङ्सिर २४ गते समानुपातिकतर्फको बन्द सूचीको उम्मेदवार छनोट गरी एमालेले पठाएको सूची त्रुटिपूर्ण रहेको भन्दै दुई दिनको समयसीमा दिएर सच्याउन पत्राचार गरेकोमा हिजो एमालेले पुनः त्यही सूची पठाएपछि आयोगले आज दोस्रो पटक पत्राचार गर्न लागेको हो ।

    नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टीले यसअघि बुझाएको बन्द सूचीमा फेरबदल गरी बुझाए पनि एमालेले पुरानै सूचीलाई निरन्तरता दिएको हो । यसबारेमा आयोगले हिजो बेलुका छलफल गरेको छ । छलफलका आधारमा आज पत्र पठाउने तयारी भइरहेको निर्वाचन आयोगले जनाएको छ ।

    आयोगले एमालेले आज निर्धारित समयभित्र त्रुटि सच्याएर नपठाए अन्य दलको उम्मेदवारलाई निर्वाचित भएको घोषणासहित प्रमाणपत्र दिने तयारीसमेत गरेको छ । यता नेकपा एमालेले भने आफूले पठाएको सूची क्रमअनुसारै रहेको दाबी गरेको छ ।

    कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीले भने त्रुटि सच्याएर पुनः उम्मेदवार छनोट गरी पठाएका छन् ।

    प्रकाशित मिति :मंसिर २७ २०७९ मंगलवार - ११:१४:२२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij