Logo

२०८२ माघ १६ गते शुक्रवार

२०८२ माघ १६ गते शुक्रवार

विशेष अदालतमा तारेख बुझेर निस्किए गच्छदार, बालुवाटार जग्गा प्रकरण मुद्दाको सुनुवाइ जारी

विशेष अदालतमा तारेख बुझेर निस्किए गच्छदार, बालुवाटार जग्गा प्रकरण मुद्दाको सुनुवाइ जारी


  • 1.7K
    Shares

    विशेष अदालतमा तारेख बुझेर निस्किए गच्छदार, बालुवाटार जग्गा प्रकरण मुद्दाको सुनुवाइ जारी

    बालुवाटार जग्गा प्रकरणमा पूर्वउपप्रधानमन्त्री एवं नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदारमाथिको मुद्दा विशेष अदालतमा अहिले सुनुवाइ भइरहेको छ ।

    न्यायाधीशत्रय श्रीकान्त पौडेल, रमेशकुमार पोखरेल र यमुना भट्टराईको संयुक्त इजलासमा मुद्दाको सुनुवाइ भइरहेको हो । गच्छदार अदालत पुगेर तारिख बुझेर केहीबेरअघि फर्किएका छन् । मुद्दाका कारण गच्छदारको सांसद पद निलम्बनमा परेको थियो । योपटक सुनसरी ३ बाट उम्मेदवारी दिएका गच्छदार एमालेकी भगवती चौधरीसँग पराजित भए ।

    अख्तियारले दायर गरेको मुद्दामा थुनछेक बहसपछि गत असार ३० गते गच्छदारलाई १० लाख रूपैयाँ धरौटी बुझाउन आदेश दिएको थियो ।

    पटक-पटक मुद्दाको म्याद बुझ्न अस्वीकार गरेका गच्छदारलाई ‘फरार’ सूचीमा राखिएको थियो । असार ३० गते बिहान गच्छदार आफैं विशेष अदालत पुगेर थुनछेक बहसमा सहभागी भएका थिए ।

    गच्छदारले यसअघि देउवालाई आफूमाथि अन्याय भएको भन्दै बालुवाटार प्रकरणबाट जोगाउन आग्रह गर्दै आएका थिए । देउवा प्रधानमन्त्रीमा नियुक्त भएको भोलिपल्टै गच्छदारले अदालतमा आत्मसमर्पण गरेका थिए ।

    गत वर्ष फागुनमा विशेषले १५ दिनभित्र अदालत उपस्थित हुनु भनी म्याद पठाएपछि गच्छदार उपस्थित नभई फरार थिए । उनको नाममा पुन: म्याद जारी गरेको थियो । अदालतले दोस्रोपटक गच्छदारको काठमाडौंको स्थायी ठेगानामा म्याद जारी गरेको थियो ।

    गच्छदारविरुद्ध ९ करोड ६५ लाख ७६ हजार बिगो माग गर्दै अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको थियो । गच्छदारले सरकारी जग्गा व्यक्तिको बनाउन मन्त्रिपरिषद्मा प्रस्ताव लैजान विभागीय मन्त्रीको रूपमा गैरकानूनी कार्य गरेको अभियोग-पत्रमा उल्लेख छ । ललिता निवासको ११३ रोपनी सरकारी जग्गा व्यक्तिको बनाई भ्रष्टाचार गरेको आरोपमा विशेष अदालतमा २०७६ माघ २२ गते गच्छदारसहित १७५ जनाविरुद्धको मुद्दा विचाराधीन छ ।

    प्रकाशित मिति :मंसिर २६ २०७९ सोमवार - १४:२३:४४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij