Logo

२०८२ माघ १६ गते शुक्रवार

२०८२ माघ १६ गते शुक्रवार

समानुपातिक सांसद सूची: कुन दलले के सच्याउनुपर्ने ?

समानुपातिक सांसद सूची: कुन दलले के सच्याउनुपर्ने ?


  • 1.8K
    Shares

    समानुपातिक सांसद सूची: कुन दलले के सच्याउनुपर्ने ?

    निर्वाचन आयोगले दलहरूले बुझाएको समानुपातिक सांसदको सूचीमा त्रुटि भेटिएको भन्दै सच्याएर पठाउन पत्र काट्दै छ । आयोगले सोमबार अपराह्न ४ बजेसम्मको समय दिएर त्रुटि सच्याउन भन्दै पत्र पठाउन लागेको हो । यो पत्र आजै पठाइने तयारी छ ।

    दलहरूले शनिबार अबेर रातिसम्म समानुपातिकतर्फका सांसदको सूची बुझाएका थिए ।

    दलहरूले बुझाएको सूचीमा प्रतिनिधिसभातर्फ त्रुटि नभेटिएको आयोगका सहायक प्रवक्ता समेत रहेका उपन्यायाधिवक्ता गुरुप्रसाद वाग्लेले जानकारी दिए । उनका अनुसार प्रदेशसभातर्फ भने दलहरूले सूची सच्याउनुपर्नेछ ।

    गण्डकी र कर्णालीबाहेक अरू प्रदेशमा दलहरूले बुझाएको सूचीमा त्रुटि भेटिएको उनले बताए ।

    एमालेले सच्याउनुपर्ने 
    आयोगले नेकपा (एमाले)ले पठाएको सूचीमा तीनवटा त्रुटि रहेको निष्कर्ष निकालेको छ । एमालेको प्रदेश नम्बर–१ तर्फ अल्पसंख्यकमा त्रुटि रहेको ठहर गरेको छ । अल्पसंख्यकमा प्राथमिकताअनुसार सूची नमिलेको भन्दै आयोगले सच्याउन भनेको हो ।

    काठमाडौं । निर्वाचन आयोगले दलहरूले बुझाएको समानुपातिक सांसदको सूचीमा त्रुटि भेटिएको भन्दै सच्याएर पठाउन पत्र काट्दै छ । आयोगले सोमबार अपराह्न ४ बजेसम्मको समय दिएर त्रुटि सच्याउन भन्दै पत्र पठाउन लागेको हो । यो पत्र आजै पठाइने तयारी छ ।

    दलहरूले शनिबार अबेर रातिसम्म समानुपातिकतर्फका सांसदको सूची बुझाएका थिए ।

    दलहरूले बुझाएको सूचीमा प्रतिनिधिसभातर्फ त्रुटि नभेटिएको आयोगका सहायक प्रवक्ता समेत रहेका उपन्यायाधिवक्ता गुरुप्रसाद वाग्लेले जानकारी दिए । उनका अनुसार प्रदेशसभातर्फ भने दलहरूले सूची सच्याउनुपर्नेछ ।

    गण्डकी र कर्णालीबाहेक अरू प्रदेशमा दलहरूले बुझाएको सूचीमा त्रुटि भेटिएको उनले बताए ।

    एमालेले सच्याउनुपर्ने 
    आयोगले नेकपा (एमाले)ले पठाएको सूचीमा तीनवटा त्रुटि रहेको निष्कर्ष निकालेको छ । एमालेको प्रदेश नम्बर–१ तर्फ अल्पसंख्यकमा त्रुटि रहेको ठहर गरेको छ । अल्पसंख्यकमा प्राथमिकताअनुसार सूची नमिलेको भन्दै आयोगले सच्याउन भनेको हो ।

    यस्तै, मधेस प्रदेशमा अल्पसंख्यकको नाम नपुगेको आयोग स्रोतले बतायो । एमालेले सोही प्रदेशको मुस्लिम क्लस्टरमा पनि एक नम्बरमा नाम रहेका जैनब खातुनलाई कारबाही गरी दुई नम्बरमा रहेकी नाजिमा खातुनको नाम सिफारिस गरेको छ । निर्वाचनमा अनुशासन उल्लंघन गरेको भन्दै कारबाही गरी एमालेले नाजिमाको नाम आयोगमा सिफारिस गरेको हो ।

    आयोगले सो नाम क्रम मिचिएर पठाएको भन्दै त्यसलाई सच्याउन भनेको छ ।  अहिले सिफारिस भएकी नाजिमाको नाम मुस्लिम भनेर नखुलाइएको आयोग स्रोतले जनाएको छ । 

    कांग्रेसले सच्याउनुपर्ने
    आयोग स्रोतका अनुसार नेपाली कांग्रेसको सूचीमा एउटा त्रुटि भेटिएको छ । मधेस प्रदेशमा अल्पसंख्यकको संख्याभन्दा एकजना बढीको नाम सिफारिस गरिएको छ । त्यो त्रुटि सच्याउनुपर्नेछ । कांग्रेसले नीलमकुमारी रजक, इन्दुकुमारी साह र अञ्जना पण्डितको नाम अल्पसंख्यकमा पेस गरेको छ ।

    माओवादी केन्द्रले सच्याउनुपर्ने
    नेकपा (माओवादी केन्द्र)ले वाग्मती प्रदेशमा एक अल्पसंख्यकको पठाउनुपर्नेमा दुईजनाको नाम सिफारिस गरेको छ । त्यो नाम पनि तल्लो क्रमबाट सिफारिस गरिएको छ ।

    यस्तै, लुम्बिनी प्रदेशको समानुपातिक बन्दसूचीको खसआर्य पुरुषमा नीमबहादुर पाण्डेको नाम छ । तर, माओवादीले  समानुपातिक बन्दसूचीमा खसआर्यतर्फ दुई नम्बरमा रहेका भक्तिप्रसाद आचार्यलाई सिफारिस गरेको छ । त्यो पनि सच्याउनुपर्ने आयोगले जनाएको छ ।

    जसपामा सात हुनुपर्नेमा १० जना सिफारिस 
    जसपाले मधेस प्रदेशमा सातको नाम सिफारिस गर्नुपर्नेमा १० जनाको नाम सिफारिस गरेको छ । 

    नागरिक उन्मुक्ति पार्टीले सच्याउनुपर्ने
    आयोगले नागरिक उन्मुक्ति पार्टीले तीन त्रुटि सच्याउनुपर्ने औँल्याएको छ । सो पार्टीले मधेस प्रदेशमा महिला सिफारिस गर्नुपर्नेमा पुरुष सिफारिस गरेको छ ।

    सोही पार्टीले लुम्बिनीमा खसआर्यको नाम सिफारिस गर्नुपर्नेमा थारू सिफारिस गरेको छ । सुदूरपश्चिम प्रदेशमा खसआर्यमा महिलाको नाम सिफारिस गर्नुपर्नेमा सोबमोजिम नगरेको आयोग स्रोतको भनाइ छ ।

    प्रकाशित मिति :मंसिर २५ २०७९ आइतवार - १७:०८:३५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij