Logo

२०८२ माघ १६ गते शुक्रवार

२०८२ माघ १६ गते शुक्रवार

स्थानीय तहलाई प्रधानमन्त्री देउवाले दिए यस्तो निर्देशन

स्थानीय तहलाई प्रधानमन्त्री देउवाले दिए यस्तो निर्देशन


  • 1.7K
    Shares

    स्थानीय तहलाई प्रधानमन्त्री देउवाले दिए यस्तो निर्देशन

    प्रधानमन्त्री शेरबहादुर देउवाले क्षमता विकासमा लाग्न स्थानीय तहका पदाधिकारीहरूलाई आग्रह गरेका छन् । 

    राजधानीमा आज आइतबारदेखि सुरु भएको गाउँपालिका राष्ट्रिय महासङ्घको तेस्रो महाधिवेशनलाई सम्बोधन गर्दै उहाँले यस्तो आग्रह गरेका हुन् । प्रधानमन्त्री देउवाले क्षमता विकास नहुँदा भ्रष्टाचार तल्लो तहसम्मै पुगेको बताए ।

    उनले स्थानीय तहमा भ्रष्टाचार न्यूनीकरण र दिगो विकास लक्ष्य अनुसार योजना तर्जुमा गर्न पनि आग्रह गरे । सहज रूपमा शिक्षा, स्वास्थ्य र रोजगारी लगायतका कामहरू गर्नुपर्ने समेत उनले बताए । त्यसतर्फ छलफल चलाउनु जरुरी रहेको उनले बताए।

    सार्वजनिक प्रशासनको चुस्त कामले नै जनता समक्ष सेवा प्रवाह हुन सक्ने भन्दै उनले भ्रष्टाचारमा शून्य सहनशीलता अपनाउन पनि आग्रह गरे ।

    प्रकाशित मिति :मंसिर २५ २०७९ आइतवार - १३:३२:१० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij