२०८२ माघ १६ गते शुक्रवार
प्रतिनिधि सभामा समानुपातिकतर्फ आफ्नो नाम समावेश नभएपछि नेकपा माओवादी केन्द्रका नेता अजम्बर राई काङमाङले असन्तुष्टि जनाएका छन्।
काङमाङले आइतबार बिहान पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर असन्तुष्टि पोखेका छन् । प्रचण्ड निवास पुगेका काङमाङले आदिवासी जनजातितर्फ पहिलो नम्बरमा रहेका नाम समानुपातिकमा नपरेको भन्दै गुनासो गरेका थिए ।
भोजपुरमा संघ र प्रदेशमा गठबन्धन जिताउन महत्वपूर्ण भूमिका खेलेका काङमाङ दलित पुरुषबाट रणेन्द्र बराइली समानुपातिक चयन भएपछि उनी सांसद हुनबाट बञ्चित भए। चितवन निवासी भएकाले प्रचण्डले बराइलीको नाम समावेश गरेको भन्दै माओवादी वृत्तमा चर्चा छ।
भोजपुरमा संघ र प्रदेश दुवैमा गठबन्धनका उम्मेदवार विजयी भएका थिए। माओवादीको कमजोर धरातल भएका ठाउँमा पनि अजम्बरकै पहलमा सुदन किरातीले नेकपा एमालेका शेरधन राईलाई पराजित गराएका थिए।
अजम्बरलाई प्रचण्डले समानुपातिमा नपारेपछि भोजपुर माओवादीमा असन्तुष्टि पैदा भएको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij