Logo

२०८२ माघ १६ गते शुक्रवार

२०८२ माघ १६ गते शुक्रवार

बागमती प्रदेश: कुन दलबाट को-को बने समानुपातिक सांसद ? (सूचीसहित)

बागमती प्रदेश: कुन दलबाट को-को बने समानुपातिक सांसद ? (सूचीसहित)


  • 1.8K
    Shares

    बागमती प्रदेश: कुन दलबाट को-को बने समानुपातिक सांसद ? (सूचीसहित)

    प्रतिनिधिसभाको आगामी कार्यकालका लागि नेपाली कांग्रेसले पाएको ३२ वटा सिट मध्ये बागमती प्रदेशबाट ९ जनाको नाम सिफारिस गरेको छ ।

    कांग्रेसले खसआर्य पुरुष तर्फबाट डा.प्रकाशशरण महत (नुवाकोट), खस–आर्य महिलातर्फबाट अम्बिका बस्नेत (काठमाडौँ), प्रतिमा गौतम (काठमाडौँ), रमा कोइराला (भक्तपुर), आदिवासी जनजाति महिलातर्फबाट सुशीला थिङ (सिन्धुली), सपना राजभण्डारी (काठमाडौं), अञ्जनी श्रेष्ठ (चितवन), दलित महिलातर्फबाट शान्ति बिक (चितवन) र सीता मिजार (नुवाकोट) लाई सिफारिस गरेको छ ।

    प्रतिनिधिसभामा समानुपातिक तर्फ ३४ वटा सिट पाएको नेकपा एमालेबाट बागमती प्रदेशबाट ७ जनाको नमा सिफारिस गरेको छ । जसमा एमालेले आदिवासी–जनजाति कोटाबाट देवीप्रसाद भट्टचन (ललितपुर), नैनकला थापा मगर (चितवन), रणकुमारी बलम्पाकी मगर (सिन्धुली), शान्ति श्रेष्ठ (काठमाडौँ), खस आर्य पुरुष कोटामा रघुजी पन्त (काठमाडौँ), दलित पुरुष कोटामा ईश्वरबहादुर रिजाल (दोलखा) र दलित महिला कोटामा रुक्मिनी राना बराइली (काभ्रे)लाई सिफारिस गरेको छ ।

    समानुपातिक तर्फ १४ सिट पाएको नेकपा माओवादी केन्द्रले बागमती प्रदशेबाट ४ जनाको नाम सिफारिस गरेको छ । जसमा आदिवासी महिला कोटामा मिना तामाङ (काभ्रे) को नाम समावेश गरिएको छ भने खस आर्य महिला कोटामा ज्ञानु बस्नेत सुवेदी (चितवन), विमला सुवेदी (नुवाकोट) र दलित पुरुष कोटामा रणेन्द्र बराली (चितवन)लाई सांसद पदका लागि सिफारिस गरेको छ ।

    समानुपातिक तर्फ १३ सिट पाएको रास्वपाले बागमती प्रदेशबाट ५ जनालाई सांसद् बनाउन सिफारिस गरेको छ । राप्रपाले सुमना श्रेष्ठ (काठमाडौं, खस–आर्य महिला तर्फबाट डा.चन्दा कार्की (ललितपुर), खस आर्य पुरुष तर्फबाट डोलप्रसाद अर्याल (काठमाडौं), दलित पुरुष तर्फबाट सन्तोष परियार (भक्तपुर) र मुस्लिम तर्फबाट असिम शाह (काठमाडौं) सिफारिसमा परेका छन् ।

    राप्रपाको समानुपातिक सूचिबाट बागमती प्रदेशको प्रतिनिधित्व गर्दै सांसद बन्नका लागि खस आर्य कोटामा पशुपति शमशेर जबरा (सिन्धुपाल्चोक), आदिवासी जनजाति पुरुष कोटामा बुद्धिमान तामाङ (धादिङ), आदिवासी जनजाति महिला कोटामा बिना लामा (धादिङ) र खस आर्य महिला कोटामा रोशन कार्की (ललितपुर) को नाम सिफारिस गरिएको छ ।

    यता प्रदेशसभा तर्फको बागमती प्रदेशको समानुपातिक तर्फको ४४ सिटका लागि पनि दलहरुले निर्वाचन आयोगमा सांसदहरु छनौट गरी नाम सिफारिस गरेका छन् । बागतमी प्रदेशसभा सदस्यका लागि समानुपापितक सूचिकाबाट एमालेले १४ जना, कांग्रेसले १२ जना, माओवादी केन्द्रले ७ जना, राप्रपाले ६ जना, एकीकृत समाजवादीले २ जना, नेमकीपाले २ जना र हाम्रो नेपाली पार्टीले एकको नाम सिफारिस गरेको हो ।

    बागमती प्रदेश (प्रदेशसभा तर्फ)

    नेपाली कांग्रेस

    समिता खड्गी श्रेष्ठ (काठमाडौं)

    लक्ष्मीदेवी श्रेष्ठ (मकवानपुर)

    गीता गुरुङ (चितवन)

    यमुनादेवी श्रेष्ठ (काठमाडौं)

    याङकिला शेर्पा रुइत (काठमाडौं)

    माया श्रेष्ठ (चितवन)

    शिवराज अधिकारी (धादिङ)

    उर्मिला नेपाल (तेह्रथुम)

    मीना पोखरेल (झापा)

    शान्ता ढकाल (काठमाडौं)

    बिनु रायमाझी पौडेल (चितवन)

    सुना परियार (काभ्रे)

    नेकपा एमाले

    दिनेशचन्द्र देवकोटा (गोरखा)

    हरिप्रसाद सापकोटा (चितवन)

    भारती कुमारी पाठक (मकवानपुर)

    अप्सरा चौलागाईं (काभ्रे)

    मायाकुमारी कार्की (रामेछाप)

    बिन्दु श्रेष्ठ (काठमाडौं)

    माइली तामाङ (सिन्धुपाल्चोक)

    सुकुमाया तामाङ (सिन्धुली)

    सकुन्तला श्रेष्ठ राजभण्डारी (भक्तपुर)

    उर्मिला सुनुवार (दोलखा)

    आनन्दकुमार श्रेष्ठ (रामेछाप)

    ज्ञानबहादुर तामाङ (काभ्रेपलाञ्चोक)

    ठूला थामी (दोलखा)

    बालकुमारी विश्वकर्मा (चितवन)

    नेकपा माओवादी

    देवेन्द्र श्रेष्ठ (भक्तपुर)

    उर्मिलाकुमारी लामा (महोत्तरी)

    सुष्पा भुजेल (सिन्धुली)

    डोल्मा थामी (दोलखा)

    ईश्वर सापकोटा (चितवन)

    अमृता नेपाल (सिन्धुपाल्चोक)

    रुकु चौलागाईं (काभ्रे)

    राप्रपा

    कुमारी तामाङ (सिन्धुपाल्चोक)

    आशा लामा (काठमाडौं)

    धनेश्वरी प्रजापति (भक्तपुर)

    मोनिका श्रेष्ठ (दोलखा)

    भुवनकुमार पाठक (काठमाडौं)

    लक्ष्मी घिमिरे (रामेछाप)

    हाम्रो नेपाली पार्टी

    सरिता खड्गी (काठमाडौं)

    नेकपा एकीकृत समाजवादी

    ओमकुमारी श्रेष्ठ (लमजुङ)– आदिवासी महिला

    मायादेवी शर्मा (बागलुङ)– खस आर्य

    नेमकिपा

    सृजना सायजु (भक्तपुर)

    गीता काफ्ले (भक्तपुर)

    प्रकाशित मिति :मंसिर २५ २०७९ आइतवार - ११:३०:१६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij