Logo

२०८२ भाद्र १० गते मंगलवार

२०८२ भाद्र १० गते मंगलवार

एनसीसी र कुमारी बैंकको आज विशेष सभा, मर्जर प्रस्ताव पारित हुँदै

एनसीसी र कुमारी बैंकको आज विशेष सभा, मर्जर प्रस्ताव पारित हुँदै


  • 2.1K
    Shares

    • images
    एनसीसी र कुमारी बैंकको आज विशेष सभा, मर्जर प्रस्ताव पारित हुँदै
    images
    एनसीसी र कुमारी बैंकको आज (मंसिर २५ गते) विशेष साधारण सभा बस्दैछ । एनसीसी र कुमारीले एक आपसमा मर्ज हुँदैछन् । दुवै बैंकले मुख्यरुपमा सोही प्रस्ताव विशेष सभामा पारित गर्नेछन् ।
     
    सभामा सम्पति तथा दायित्व मूल्यांकन प्रतिवेदनका आधारमा तय भएको १ः१ सेयर स्वाप रेसियोमा मर्ज हुने प्रक्रिया सम्पन्न गर्ने कार्यलाई अन्तिम स्वीकृति दिने एजेन्डा रहेको छ । 
     
    मर्जपछि जारी पुँजी, चुक्ता पुँजी र सोही अनुसार सेयर संरचना परिवर्तन हुने भएकाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पेश हुनेछ । मर्जपछि कुमारी बैंकको नामबाट कारोबार हुनेछ ।
     
    कुमारीको सभा दिउँसो १ बजे बैंकको नक्साल कार्यलयमा सुरु हुनेछ । यता, एनसीसीको सभा पनि अनमोल बैंक्वेट शंखमुल काठमाडौंमा दिउँसो १ बजे नै सुरु हुनेछ । 

    प्रकाशित मिति :मंसिर २५ २०७९ आइतवार - ११:१०:४६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij