Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

बीमित बिरामीबाट पनि शुल्क लिने तयारी

बीमित बिरामीबाट पनि शुल्क लिने तयारी


  • 2.1K
    Shares

    बीमित बिरामीबाट पनि शुल्क लिने तयारी

    स्वास्थ्य बीमामा बीमितहरूले अनावश्यक परीक्षण गर्न चिकित्सकहरूलाई दबाब दिन थालेपछि स्वास्थ्य बीमा बोर्डले बीमित बिरामीबाटै थप १० प्रतिशत शुल्क लिने तयारी गरेको छ । स्वास्थ्य बीमा बोर्ड बैठकमा बीमितले अनावश्यक परीक्षणका लागि दबाब दिन थालेको भन्दै बीमितबाट थप १० प्रतिशत उठाउनुपर्ने प्रस्ताव आएको थियो ।

    स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक प्रा.डा. दामोदर बसौलाले बीमितले बीमा रकम सक्नलाई अनावश्यक दबाब दिने गरेको भन्दै त्यसलाई नियन्त्रण गर्नका लागि १० प्रतिशत थप शुल्क लिने तयारी भइरहेको बताए । बीमितसँग १० प्रतिशत शुल्क लिने गरी कार्यविधि संशोधन गर्न लागिएको जानकारी दिँदै उनले ज्येष्ठ नागरिक, अपाङ्ग भएका व्यक्तिले थप शुल्क बुझाउनु नपर्ने बताए । सरकारले स्वास्थ्य बीमा तिरिदिएका बिरामीलाई पनि थप शुल्क नलाग्ने जानकारी दिँदै उनले अनावश्यक परीक्षणलाई रोक्नका लागि थप शुल्कको व्यवस्था गर्न लागिएको बताए । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

    प्रकाशित मिति :मंसिर २४ २०७९ शनिवार - ०९:३४:०० बजे
    प्रतिक्रिया

    पत्रपत्रिकाबाट

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij