Logo

२०८२ माघ १६ गते शुक्रवार

२०८२ माघ १६ गते शुक्रवार

समानुपातिक सांसदको सूची बुझाउने आज अन्तिम दिन, नाम टुङ्गो लगाउन सकस

समानुपातिक सांसदको सूची बुझाउने आज अन्तिम दिन, नाम टुङ्गो लगाउन सकस


  • 1.7K
    Shares

    समानुपातिक सांसदको सूची बुझाउने आज अन्तिम दिन, नाम टुङ्गो लगाउन सकस

    मंसिर ४ मा सम्पन्न भएको प्रतिनिधिसभा र प्रदेशसभा अन्तर्गतको समानुपातिकतर्फका सांसदहरूको नाम टुंगो लगाउने आज अन्तिम दिन हो तर राजनीतिक दलहरूले भने सांसदको टुङ्गो लगाउन सहिरहेका छैनन् । 

    जसका लागि राजनीतिक दलहरु अन्तिम गृहकार्यमा जुटेका छन्। मुख्य राजनीतिक दलहरूले समानुपातिक सांसदको टुंगो लगाउनेगरी शनिबार पार्टीको बैठक आह्वान गरेका छन्।
    सत्तारुढ दल नेपाली कांग्रेसले दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ। समानुपातिक सांसदहरुको सूची टुंगो लगाउनेदेखि निर्वाचनको समीक्षा गर्नेसम्मको एजेण्डा रहेको कांग्रेसले जनाएको छ। त्यस्तै, शुक्रबार अन्तिम समयमा स्थगित भएको नेकपा एमालेको सचिवालय बैठक पनि आज बस्दै छ।

    त्यस्तै, नेकपा माओवादी केन्द्रले पनि शनिबार बैठक बोलाएको छ। शुक्रबार दिउँसो बसेको पदाधिकारी बैठकले अन्तिम नामावली टुंगो लगाउन नसकेपछि पुनः आजका लागि बैठक बोलाइएको छ। अन्य दलहरू राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीले पनि बैठक आह्वान गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय कमिटी बैठक, राष्ट्रिय प्रजातन्त्र पार्टीले केन्द्रीय कार्यसम्पाद समितिको बैठक र जनता समाजवादी पार्टीले केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको हो। 

    प्रतिनिधिसभामा एमालेले समानुपातिकतर्फ ३४, कांग्रेसले ३२ र माओवादी केन्द्रले १४ जना सांसद पठाउनु पर्नेछ। त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीले १३ तथा जसपा र राप्रपाले ७/७ जना पठाउने छन्। जनमत पार्टीले समानुपातिकतर्फ ४ सांसद पाएको छ।

    प्रकाशित मिति :मंसिर २४ २०७९ शनिवार - ०९:२८:४१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij