२०८२ माघ १६ गते शुक्रवार
आगामी सरकार आफ्नै नेतृत्वमा गठनका लागि यतिबेला प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दौडधूप गरिरहेका छन्।
देउवा र प्रचण्डले दौडधूप बढाइरहँदा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि प्रधानमन्त्रीका लागि सक्रियता बढाएका छन्। कांग्रेसबाट अब आफू प्रधानमन्त्री बन्न पाउनुपर्ने पौडेलले बताउँदै आएका छन्।
उनले प्रधानमन्त्रीमा आफूलाई समर्थन गर्न विभिन्न दलका नेताहरुलाई आग्रह गर्दै आएका छन्। यसैबीच पौडेलले शुक्रबार माओवादी अध्यक्ष प्रचण्ड र नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईसँग भेट गरेका छन्।
सिंहदरबारस्थित माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा उनीहरुबीच भेटवार्ता भएको हो। भेटमा समसामयिक राजनीतिक परिस्थिति, निर्वाचन परिणाम र नयाँ सरकार गठनका बारेमा कुराकानी भएको बताइएको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij