Logo

२०८२ भाद्र ६ गते शुक्रवार

२०८२ भाद्र ६ गते शुक्रवार

ओली पक्षको आज नारायणहिटी दरबार अगाडि बृहत शक्ति प्रदर्शन

ओली पक्षको आज नारायणहिटी दरबार अगाडि बृहत शक्ति प्रदर्शन


  • 7.4K
    Shares

    ओली पक्षको आज नारायणहिटी दरबार अगाडि बृहत शक्ति प्रदर्शन
    images

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली पक्षले आज (शुक्रवार) काठमाडौंको दरबारमार्गस्थित नारायणहिटी दरबार संग्रहालय अगाडि बृहत शक्ति प्रदर्शनसहित आमसभाको आयोजना गरेको छ ।

    आज दिउसो १२ बजे नारायणहिटी संग्रहालयको गेटअगाडि हुन लागेको आमसभालाई प्रधानमन्त्री ओली, गृहमन्त्री रामबहादुर थापा र उपप्रधानमन्त्री ईश्वर पोखरेलले सम्बोधन गर्ने कार्यक्रम छ । कार्यक्रममा सहभागी हुन देशैभरबाट कार्यकर्ता काठमाडौं ल्याइएको छ। ओली पक्षले ३ लाखभन्दा बढी कार्यकर्ता उतार्ने दावी गरेको छ ।

    प्रधानमन्त्री ओली पक्षले काठमाडौंका १३ ठाउंबाट जुलुस निकाल्ने तयारी गरेको छ । प्रधानमन्त्रीलगायत मञ्चमा रहेका नेताहरुलाई हेर्न र भाषण सुन्न पांच ठाउंमा डिजिटल स्क्रिनको व्यवस्था समेत मिलाइएको छ ।

    नेकपा बागमती प्रदेश कमिटीका अनुसार बागबजारबाट सम्पर्क मञ्च, प्रदर्शनीमार्गबाट युवा, विद्यार्थी, खेलकुद महासंघ र प्रेस संगठन र महेन्द्र सालिकबाट जनजाति महासंघका घटक संगठनको जुलुस निस्कनेछ । त्यस्तै, घन्टाघरबाट मुस्लिम समुदाय, सुन्धारा क्षेत्रबाट ललितपुर जिल्लाका सहभागीको, त्रिपुरेश्वरबाट चितवन र धादिङका सहभागी आउनेछन् ।

    यस्तै, गौशालाबाट भक्तपुर, माइतीघर मण्डल क्षेत्रबाट दोलखा, रामेछाप, काभ्रे, सिन्धुपाल्चोक र सिन्धुली जिल्लाबाट सहभागी हुनेको जुलुस आउनेछ । पुतलीसडकबाट सम्पूर्ण जनवर्गीय संगठन, लैनचौरबाट नुवाकोट र रसुवा, सोह्रखुट्टे नयाँ रोडबाट मकवानपुर र भीमफेदीका सहभागीहरुको जुलुस निस्कनेछ ।




    प्रकाशित मिति :माघ २३ २०७७ शुक्रवार - ११:१२:१७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij