Logo

२०८२ माघ १६ गते शुक्रवार

२०८२ माघ १६ गते शुक्रवार

महाभियोग निष्क्रिय भएको पत्रविरुद्धको रिटमा संवैधानिक इजलासमा सुनुवाइ, ५ जनाले बहस गर्ने

महाभियोग निष्क्रिय भएको पत्रविरुद्धको रिटमा संवैधानिक इजलासमा सुनुवाइ, ५ जनाले बहस गर्ने


  • 1.5K
    Shares

    महाभियोग निष्क्रिय भएको पत्रविरुद्धको रिटमा संवैधानिक इजलासमा सुनुवाइ, ५ जनाले बहस गर्ने

    प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराको निलम्बन फुकुवा हुने भनि संघीय संसदका महासचिवले दिएको पत्रविरुद्ध सर्वोच्च अदालतमा परेको रिटकाे सुनुवाइ सुरु भएकाे छ। सर्वोच्च बार अदालतका अध्यक्ष पूर्णमान शाक्यसहित पदाधिकारी र सदस्यहरुले दायर गरेको रिटमाथि शुक्रबार संवैधानिक इजलासमा सुनुवाइ सुरु भएको हो।

    सुनुवाइको सुरुवातमा रिट निवेदकसमेत रहेका वरिष्ठ अधिवक्ता शाक्य बहसमा सहभागी भएका छन्। कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की तथा न्यायाधीशहरू: विश्वभरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हा संवैधानिक इजलासमा रहेका छन्।

    सत्ता गठबन्धनका सांसदहरुले १ फागुन २०७८ मा महाभियोग प्रस्ताव दर्ता गरेपछि राणा निलम्बनमा परेका थिए। राणाविरुद्ध दर्ता भएको महाभियोगको सन्दर्भमा संसद्‌को महाभियोग सिफारिस समितिमा छलफलसमेत भएको थियो।

    तत्कालीन समितिले राणाकोसमेत बयान लिएर राणाविरुद्ध महाभियोग लगाउन सिफारिस गर्दै तत्कालीन सभामुख अग्निप्रसाद सापकोटासमक्ष प्रतिवेदन बुझाएको थियो।

    सर्वोच्चको पूर्ण बैठकले पत्र नै लेखेर कुन संवैधानिक र कानुनी आधारमा महाअभियोग ‘निष्प्रभावी’ भएको हो भनेर संसदका महासचिवसँग जवाफ मागेको छ।

    सर्वोच्च अदालतको पत्रको जवाफ शुक्रबार नै संघीय संसदका महासचिव गौतमले दिनुपर्नेछ। ‍जबराले यही मंसिर २८ बाट उमेरहदका कारण अवकाश पाउँदैछन्।

     

    प्रकाशित मिति :मंसिर २३ २०७९ शुक्रवार - १२:१४:३० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij