२०८२ माघ १६ गते शुक्रवार
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले समानुपातिक सांसद छनोटलाई लिएर पार्टीमा भएको विवाद गज्जब भएको बताएका छन्। बिहीबार भरतपुर विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै सभापति लामिछानेले पार्टी प्रणाली र विधिबाट दायाँबायाँ नहुने दाबी गरे।
पार्टीले गरेको प्राइमरीमा बढी मत आएकालाई छाडेर कम मत आएकालाई समानुपातिक सांसदमा बनाउन लागेको सुइँको पाएपछि बन्दसूचीमा रहेकाले रास्वपा कार्यालय घेराउ गरेका छन्। लामिछानेले पार्टीभित्र कोही पनि तलमाथि नभएको सुनाए।
उनले भने, ‘मैले नै खबरदारी गर्नुहोला भनेको छु। जे भन्छन् त्यो मान्नुपर्छ भन्ने छैन, कोही आत्तिनुपर्दैन।’ सरकारमा जाने विषयमा पार्टीले परिस्थितिको आकलन गरिरहेको लामिछानेको भनाइ छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij