Logo

२०८२ माघ १६ गते शुक्रवार

२०८२ माघ १६ गते शुक्रवार

माओवादी उपमहासचिव वर्षमान पुनको उपचार सुरु

माओवादी उपमहासचिव वर्षमान पुनको उपचार सुरु


  • 2.4K
    Shares

    माओवादी उपमहासचिव वर्षमान पुनको उपचार सुरु

    नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनको चीनमा क्वारेन्टिनमा उपचार सुरु गरिएको छ । सेनजेनस्थित थर्ड पिपुल्स् अस्पतालको क्वारेन्टिनमा पुनको उपचार सुरु भएको हो ।

    चौथौ लहरको कोरोना महामारीका कारण चीनभर कडा लकडाउन छ । पूर्वअर्थ र ऊर्जामन्त्रीसमेत रहेका पुन लामो समयदेखि जटिल प्रकारको वंशाणुगत जण्डिसबाट पीडित छन् । चुनावी धपेडीका कारण रोग बल्झिएपछि उनी नेपाली चिकित्सकहरुको परामर्शमा शुक्रबार फलोअप उपचारका लागि दुबई, ग्वान्झाओ हॅुदै सेन्जेन प्रस्थान गरेका थिए । पुनमा भएको रोगलाई चिकित्सकीय भाषामा ‘सिग्गलर नाजार टाइप टू सिन्ड्रोम’ भनिन्छ ।

    पुन पत्नीसमेत रहेकी पूर्वसभामुख ओनसरी घर्तीले स्वास्थ्यमा सामान्य सुधार भएको बताइन् । नेपालबाट जाँदा जण्डिसको मात्रा (बिलरुबिन) २७ रहेकामा अहिले घटेर २४ मा आएको जानकारी घर्तीले दिइन् ।

    प्रकाशित मिति :मंसिर २२ २०७९ बिहिवार - १५:१६:०४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij