Logo

२०८२ माघ १६ गते शुक्रवार

२०८२ माघ १६ गते शुक्रवार

मधेशका मुद्दामा एक साथ मिलेर जान उपेन्द्र यादवलाई सीके राउतको प्रस्ताव

मधेशका मुद्दामा एक साथ मिलेर जान उपेन्द्र यादवलाई सीके राउतको प्रस्ताव


  • 1.9K
    Shares

    मधेशका मुद्दामा एक साथ मिलेर जान उपेन्द्र यादवलाई सीके राउतको प्रस्ताव

    जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले मधेस केन्द्रित दुईवटा दलका अध्यक्षलाई बुधबार भेटेका छन्। उनले ती भेटका क्रममा मधेशको मुद्दामा मिलेर जानुपर्ने प्रस्ताव गरेका हुन्। 

    अध्यक्ष राउतले बुधबार जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव र लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरलाई भेटेका थिए। 

    राउतले सप्तरी क्षेत्र नम्बर २ मा आफैँले मंसिर ४ मा हराएका जसपा अध्यक्ष यादवलाई उनकै निवास पुगेर भेटेका थिए। भेटमा अध्यक्ष यादवले राउतलाई जितको बधाई दिँदै मधेशको मुद्दामा प्रतिवद्ध भएर काम गर्न सुझाव दिएका थिए। 

    अध्यक्ष राउतले मिलेर मधेशको हितमा काम गर्न अध्यक्ष यादवसँग प्रस्ताव गरेको पार्टीका महासचिव चन्दन सिंहले जानकारी दिए। 

    एकअर्काको सहयोगले मात्रै मधेशको मुक्ति सम्भव रहेको यादवसँग अध्यक्ष राउतले बताएका थिए। अध्यक्ष यादवले पनि मधेशीलगायत उत्पीडनमा परेका समुदायका लागि मिलेर काम गर्ने प्रतिवद्धता जनाएका सिंहले बताए।

    बुधबारै राउतले लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरलाई पनि भेटेका छन्। महोत्तरी क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्यमा चुनाव विजेता ठाकुरलाई पनि राउतले बधाई दिए। सप्तरी २ बाट विजयी राउतलाई पनि ठाकुरले बधाई दिएका छन्। 

    अध्यक्ष ठाकुरले मधेशका लागि थुप्रै काम गर्न बाँकी रहेको बताउँदै त्यसमा मिलेर काम गर्नुपर्ने बताएका थिए। अध्यक्ष राउतले पनि आफू सबै दलसँग मिलेर काम गर्न तयार रहेको बताएका थिए। उनले एकअर्काको सहयोग मिलेमात्रै राम्रो हुने बताए। 

    बुधबार नै राउतले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग पनि संवाद गरेका छन्। राउतलाई ओलीले सरकारमा हुँदा मूलधारको राजनीतिमा ल्याएका थिए। 

    प्रकाशित मिति :मंसिर २२ २०७९ बिहिवार - १४:४६:५८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij