Logo

२०८२ भाद्र ६ गते शुक्रवार

२०८२ भाद्र ६ गते शुक्रवार

प्रचण्ड-माधव समूहको नेकपाले गरेको नेपाल बन्दमा आज कहाँ के-के भयो ? (पूर्ण विवरण सहित)

प्रचण्ड-माधव समूहको नेकपाले गरेको नेपाल बन्दमा आज कहाँ के-के भयो ? (पूर्ण विवरण सहित)


  • 6.8K
    Shares

    प्रचण्ड-माधव समूहको नेकपाले गरेको नेपाल बन्दमा आज कहाँ के-के भयो ? (पूर्ण विवरण सहित)
    images

    काठमाडौँ । विभाजित नेपाल कम्युनिष्ट पार्टीको प्रचण्ड(माधव पक्षले आफूहरुरूको आमहड्तालाई बदनाम बनाउने कोसिस भएको दाबी गरेको छ ।

    प्रतिनिधिसभा विघटनविरूद्ध गरिएको आमहड्तालबारे देशभरका घटनाको ‘अपडेट’ पार्टीको फेसवुक पेजमा लाइभ गरेर जानकारी गराउँदै केन्द्रीय सदस्य विष्णु रिजालले यस्तो टिप्पणी गरे ।

    रिजालले नेकपाको ओली पक्षतिर लक्षित गर्दै ‘साइबर सेना’ले त्यस्तो काम गरेको आरोप लगाए । ‘आज बिहानैदेखि साइबर अपराधमा अभ्यस्त व्यक्तिहरूले विभिन्न आन्दोलनका तस्बिर राखेर, अरु देशका आन्दोलनका तस्बिर राखेर परिस्थितिलाई भड्काउने, जनसमुदायलाई उत्तेजित बनाउने खोजको पनि पाइयो,’ उनको भनाइ छ, ‘किसानहरूको भक्तपुरको तस्बिर भन्दै बङ्गलादेशको तस्बिर राख्ने, २०७० सालको चुनावमा भएको आगजानीको तस्बिरलाई गाडीमा आगजानी भन्ने । 

    किसानहरूका अरु सामग्रीहरु नष्ट गरियो भन्ने खालका कुराहरू पनि सामाजिक संजालमा भएका थिए। हिजो नै आमहड्ताल फिर्ता भयो भन्ने कुप्रचार सामाजिक संजालमा भएका थिए । केही समयअघि गठन गरिएको कथित ‘साइबर सेना’नामको ‘साइबर क्राइम ग्रुप’को काम हो भन्ने कुरामा ढुक्क हुनुहोस् भन्ने म निवदेन गर्न चाहान्छु ।’

    आमहड्ताललाई शान्तिपूर्ण बनाएको बताउँदै उनले भने, ‘हामीले मुलरूपमा आमहड्ताललाई शालीन र शान्तिपूर्ण बनाएका छौं । आन्दोलनका क्रममा आदरणीय जनसमुदायले भोग्नु परेको असजिलोप्रति पार्टीको तर्फबाट विनम्रतापूर्वक क्षमायाचना गर्न चाहान्छु । साथसाथै यस आन्दोलनलाई बदनाम गर्नलाई भएका प्रयासहरूलाई पनि चिनिदिनु हुने छ भन्ने आग्रह गर्न चाहान्छु ।’

    कहाँ के भए ?
    दिनभरका घटनाक्रमको जानकारी गराउँदै उनले स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्यलाई बिहानै ६ बजे कलंकीबाट गिरफ्तार गरिएको बताए । त्यहीबाट हितमान शाक्य, बिजय पौडेल, अमृता थापालगायत पनि पक्रउ परेका थिए।

    चाबहिलबाट केन्द्रीय सदस्य कृष्ण केसी लगायतलाई गिरफ्तार गरिएको र बागबजारबाट युवा नेता रमेश मल्ल गिरफ्तार गरिएको उनको भनाइ छ।

    प्रचण्ड-माधव पक्षले सार्वजनिक गरेको आजका मुख्य घटनाहरू :

    145963065_1162821467470599_1040639541946913924_n.jpg

    प्रकाशित मिति :माघ २२ २०७७ बिहिवार - १७:०४:१७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij