Logo

२०८२ माघ १६ गते शुक्रवार

२०८२ माघ १६ गते शुक्रवार

राष्ट्रिय स्वतन्त्र पार्टीभित्र लफडा, कार्यकर्ताले घेरे पार्टी कार्यालय

राष्ट्रिय स्वतन्त्र पार्टीभित्र लफडा, कार्यकर्ताले घेरे पार्टी कार्यालय


  • 2.1K
    Shares

    राष्ट्रिय स्वतन्त्र पार्टीभित्र लफडा, कार्यकर्ताले घेरे पार्टी कार्यालय

    रवि लामिछाने सभापति रहेको राष्ट्रिय स्वतन्त्र पार्टीभित्र समानुपातिक सांसद चयनका विषयलाई लिएर असन्तुष्टि देखा परेको छ।रास्वपाले गत असोजमा प्राइमरी इलेक्सन गरेर धेरै मत ल्याउनेहरूलाई प्रतिनिधि सभाको बन्द सूचीमा नाम राखेको थियो।

    तर अहिले प्राइमरी इलेक्सनमा कम मत ल्याएकाहरूलाई पनि समानुपातिक सांसद बनाउन खोजेको भन्दै विरोध भइरहेको छ।

    निर्वाचन आयोगले दलहरूलाई बुधबार तीन दिनको समय दिएर समानुपातिक सांसद पठाउन भनेको छ। दलहरूले बन्द सूचीमा पेस गरेका नामहरू नै कलस्टरअनुसार मिलाएर आयोगमा पठाउनुपर्ने हुन्छ।

    प्राइमरी इलेक्सन र बन्द सूचीका नाम विपरीत हुने गरी पार्टीले समानुपातिक सांसद चयन गर्न लागेको विरोधमा आज वसुन्धरास्थित केन्द्रीय कार्यालयमा खबरदारी सभा गर्न लागिएको समानुपातिक सांसदका लागि सूचीमा नाम परेकाहरूले जानकारी दिएका छन्।

    रास्वपाले प्रत्यक्षतर्फ ७ सिट जितेको छ भने समानुपातिकमा १३ सिट जितेको छ। उसले सदर मतको १० प्रतिशत कटाएकोले सबै कलस्टरअनुसार सांसद पठाउनुपर्ने हुन्छ।

    प्राइमरी इलेक्सनमा भोट मत ल्याएका तर चुनावमा नेतासँगै हिँड्ने र केही केन्द्रीय सदस्यलाई समानुपातिक सांसद बनाउन पार्टीले चलखेल गरेको समानुपातिक सांसद सूचीमा रहेका एक उम्मेदवारले बताए।

    रास्वपाको समानुपातिक सांसद छनौट गर्दा विधि पद्धति र सिद्धान्त मिच्न खोजेकोले खबरदारी गर्न आज बिहान ११ बजेपछि पार्टी कार्यालयमा खबरदारी सभा गर्न लागेको बताइएको छ ।

    प्रकाशित मिति :मंसिर २२ २०७९ बिहिवार - १२:३०:५२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij