२०८२ माघ १६ गते शुक्रवार
निर्वाचन आयोगले समानुपातिकतर्फको मत गणनासमेत सम्पन्न गरी दलहरुको सिट संख्या निर्धारण गरिसकेको छ ।
यस आधारमा सात वटा प्रदेशमध्ये चार वटा प्रदेशमा सत्तारुढ गठबन्धनले सजिलै सरकार गठन गर्न सक्ने समीकरण बनेको छ । बाँकी चार वटा प्रदेशमा भने सत्ता गठबन्धनले बहुमत जुटाउन अन्य दललाई समेत साथ लिनुपर्ने अवस्था देखिन्छ ।
यी हुन् सजिलै सरकार गठन हुने प्रदेश
११० सदस्यीय बागमती प्रदेशमा पनि सत्तारुढ गठबन्धनको सहजै बहुमत पुग्ने देखिन्छ । यो प्रदेशमा प्रत्यक्षतर्फ २५ र समानुपातिकमा १२ गरी नेपाली कांग्रेसले ३७ सिट प्राप्त गरेको छ ।
सत्तारुढ गठबन्धनमै रहेको अर्को दल माओवादी केन्द्रले प्रत्यक्षतर्फ १४ र समानुपातिकमा ७ गरी जम्मा २१ सिट प्राप्त गरेको छ । यस्तै, नेकपा एकीकृत समाजवादीले प्रत्यक्षतर्फ ५ र समानुपातिकमा २ गरी जम्मा ७ सिट पाएको छ ।
सत्तारुढ गठबन्धनमा रहेका यी तीन वटै दलको सांसदसंख्या ६५ हुन्छन्, जो बहुमतका लागि पूर्ण हो ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij