२०८२ माघ १६ गते शुक्रवार
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथिको महाअभियोग निष्प्रभावी भएको भन्दै संसदका महासचिव भरतराज गौतमले सर्वोच्चमा पत्र पठाएपछि राजनीति र कानुनी वृत्त तरंगित भएको छ।
संसद सचिवालयले महाअभियोग निष्प्रभावी भएको पत्र पठाएपछि सर्वोच्चको बुधबार बसेको फुलकोर्ट बैठकले उल्टै ६ वटा प्रश्न सोधेको छ।
बुधबार सर्वोच्च अदालतमा संसद सचिवालयको पत्र पुगेपछि बसेको फुलकोर्टको बैठकले महासचिव गौतमसँग जवाफ माग्दै पत्र पठाएको हो। सर्वोच्चका सह-रजिस्ट्रार नारायणप्रसाद रेग्मीले पठाएको पत्रमा ती प्रश्नको जवाफ तत्काल उपलब्ध गराउन भनिएको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij