Logo

२०८२ माघ १६ गते शुक्रवार

२०८२ माघ १६ गते शुक्रवार

चोलेन्द्रलाई रोक्न खडा भए वकिलहरू, नेपाल बार र सर्वोच्च बारको संयुक्तरूपमा धर्ना !

चोलेन्द्रलाई रोक्न खडा भए वकिलहरू, नेपाल बार र सर्वोच्च बारको संयुक्तरूपमा धर्ना !


  • 1.9K
    Shares

    चोलेन्द्रलाई रोक्न खडा भए वकिलहरू, नेपाल बार र सर्वोच्च बारको संयुक्तरूपमा धर्ना !

    चोलेन्द्र शमशेर जबराको महाभियोग निष्क्रिय भएको पत्र लिएर प्रधानन्यायाधीशका रूपमा सर्वोच्च अदालतमा हाजिर हुने तयारी गरेपछि बार आन्दोलित भएको छ ।

    महाभियोग प्रस्ताव संसद्का कर्मचारीले निष्क्रिय गर्न नमिल्ने भएकाले चोलेन्द्रलाई स्वीकार्न नसकिने भन्दै नेपाल बार एसोसिएसन र सर्वोच्च अदालत बार एसोसिएसन संयुक्तरूपमा आन्दोलित बनेको हो ।

    दुवै बारको स‌ंयुक्त आयोजनामा कानून व्यवासायीहरू सर्वोच्च अदालतको प्रवेशद्वारमा धर्नामा बसेका छन् ।

    महाभियोग निष्क्रिय गर्ने अधिकार संसदमा मात्र रहेको तर्क बारको छ । बारले यसअघि पनि चोलेन्द्रविरुद्ध आन्दोलन गर्दै आएको थियो ।

    संसद् सचिवालयका महासचिव डा. भरत गौतमले महाभियोग प्रस्ताव निष्प्रभावी भएको व्यहोराको पत्र बुधवार चोलेन्द्रलाई थमाएका थिए । उक्त पत्र सचिवालयबाट सर्वोच्च अदालतमा पनि पुगिसकेको छ ।

    पत्र पाएपछि आरोपबाट क्लीन चिट मिलेको भन्दै चोलेन्द्र सर्वोच्च अदालत जाने तयारीमा छन् । उनी ३ बजे हाजिर हुने तयारी रहेको चोलेन्द्र निकट स्रोतले जनाएको छ ।

    प्रकाशित मिति :मंसिर २१ २०७९ बुधवार - १४:१६:२५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij