Logo

२०८२ माघ १६ गते शुक्रवार

२०८२ माघ १६ गते शुक्रवार

प्रधानन्यायाधीश राणाको निलम्बन फुकुवा भएको पत्र पुगेपछि सर्वोच्चमा फुलकोर्ट बैठक जारी

प्रधानन्यायाधीश राणाको निलम्बन फुकुवा भएको पत्र पुगेपछि सर्वोच्चमा फुलकोर्ट बैठक जारी


  • 1.9K
    Shares

    प्रधानन्यायाधीश राणाको निलम्बन फुकुवा भएको पत्र पुगेपछि सर्वोच्चमा फुलकोर्ट बैठक जारी

    प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्धको महाभियोग प्रस्ताव निष्क्रिय भएको पत्र सर्वोच्च अदालतमा पुगेको छ। 

    संघीय संसद् सचिवालयको पत्र पुगेपछि अहिले सर्वोच्च अदालतको पूर्ण (फूल कोर्ट) बैठक सुरु भएको छ। सर्वोच्च अदालत प्रशासनका एक अधिकारीका अनुसार पत्र पुगेपछि अहिले सबै न्यायाधीशहरु छलफलमा जुटेका छन्। 

    ‘केही समय अगाडि मात्रै पत्र हामीलाई प्राप्त भएको हो। पत्र प्राप्त भएपछि अहिले श्रीमान् (न्यायाधीश)हरु छलफलमा हुनुहुन्छ। फूल कोर्ट बैठक बसेको छ भन्दा हुन्छ,’ सर्वोच्च प्रशासन एक अधिकारीले भने। 

    कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको अध्यक्षतामा बसिरहेको बैठकले गरेको निर्णयानुसार नै राणाले हाजिर लगाउन पाउने वा नपाउने भन्ने यकिन हुनेछ। 

    संसद् सचिवालयबाट महाभियोग प्रस्ताव निष्क्रिय भएको पत्र प्राप्त भएपछि राणाले बुधबार बिहानै सर्वोच्चमा हाजिर हुने तयारी गरेका थिए। तर, सर्वोच्च प्रशासनले उनको कार्यकक्ष लगायतको व्यवस्थापन र केही प्राविधिक कुराहरु मिलाउन बाँकी रहेको बताएपछि उनी रोकिएका थिए। 

    प्रधानन्यायाधीश चढ्ने गाडी पनि सर्वोच्चमै छ। ‘फुलकोर्टको बैठक सकिएपछि गाडी पठाउने वा नपठाउने भन्ने होला। त्यसपछि मात्रै उहाँ आउनुहुन्छ होला,’ सर्वोच्च प्रशासनका ति अधिकारीले भने।    

    प्रकाशित मिति :मंसिर २१ २०७९ बुधवार - १३:३२:०६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij