२०८२ माघ १६ गते शुक्रवार
निर्वाचन आयोगमा पेस भएको समानुपातिक उम्मेदवारको बन्दसूचीको वर्णानुक्रमअनुसार दलले पाएको सीटको आधारमा को सांसद हुने र को नहुने भन्ने लगभग निकाल्न सकिने अहिले नै बधाई दिने क्रम सुरु भएको छ ।
मधेस प्रदेशसभामा एमालेले प्रत्यक्षमा १५ र समानुपातिकमा ८ गरी २३ सीट जितेको छ भने काँग्रेसले प्रत्यक्षमा १३ र समानुपातिकमा ९ गरी २२ सीट जितेको छ । जनता समाजवादी पार्टीले प्रत्यक्षमा नौ र समानुपातिकमा ६ गरी १५ सीट जित्दा जनमत पार्टीले प्रत्यक्षमा ६ र समानुपातिकमा ७ गरी १३, माओवादी केन्द्रले प्रत्यक्षमा ४ र समानुपातिकमा पनि ४ गरी आठ र नेकपा एकीकृत समाजवादीले प्रत्यक्षमा ४ र समानुपातिकमा ३ गरी सात सीट ल्याएका छन् ।
लोसपाले प्रत्यक्षमा सात र समानुपातिबाट ३ गरी १० सीट पाएको छ भने राप्रपा, नागरिक उन्मुक्ति पार्टी र नेपाल संघीय समाजवादी पाटीले सामानुपातिकमा एक–एक सीट प्राप्त गरेका छन् ।
जसपाले पाएको ६ वटा समानुपातिक सीटमा पाँचजना महिलामा विन्दुकुमारी यादव, किरणकुमारी साह शोभदेवी देव (मधेसी), ललिता दास (दलित), सहिदा खातुन (मुस्लिम) आउने सम्भावना देखिएको छ । त्यस्तै एकजना पुरुषमा मनिष सुमन (मधेसी) आउने देखिएको छ ।
त्यस्तै, लोसपाले समानुपातिकमा तीन सीट पाएको छ । त्यसमा तीनैजना महिलाले सो सीट प्राप्त गर्ने भएका छन् । मधेसी महिलामा रुपा यादव, दलित महिलामा अञ्जु बैठक र खस महिलामा रमिता प्रधान प्रदेश सभामा समानुपातिक सांसद चुनिने सम्भावना रहेको देखिन्छ ।
जनमत पार्टीले पाएको सात समानुपातिक सीटमा चारजना महिला आउने भएका छन् भने तीनजना पुरुष आउने भएका छन् । बबिताकुमार राउत इसर र अनिताकुमारी साह (मधेसी), रञ्जुकुमारी खग र सपना दर्जी (दलित) आउने भएका छन् । त्यस्तै पुरुषबाट चन्दनकुमार सिंह र ऋषिकेश ठाकुर (मधेसी) तथा सत्यनारायण खंग दलितबाट प्रदेश सभाको समानुपातिक सदस्यमा आउने सम्भावना देखिएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij