२०८२ भाद्र ६ गते शुक्रवार
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मान्छे बिग्रियो भने कम्युनिस्ट बर्को ओढेर बाटोमा पुग्ने टिप्पणी गरेका छन् ।
काठमाडौंको प्रज्ञा भवनमा आयोजित अखिल नेपाल किसान महासंघको कार्यक्रममा बोल्दै ओलीले आमहड्ताल गरिरहेको नेकपा प्रचण्ड–नेपाल समूहप्रति लक्षित गर्दै कम्युनिस्ट बिग्रिए बाटोमा पुग्ने बताएका हुन् ।
‘किसान महासंघले अब राजनीतिक जागरण फैलाउनुपर्छ,’ उनले भने, ‘मान्छे बिग्रियो भने कहाँ पुग्छ ? कम्युनिस्टकै बर्को ओढेर बाटोमा बस्ने । कम्युनिस्टको सबभन्दा ठूलो विरोध, लोकतन्त्रको सबैभन्दा ठूलो विरोधी कम्युनिस्ट नै ।’
विगतमा कम्युनिस्ट आन्दोलनलाई पटक–पटक बदनाम गराउने काम भएको समेत ओलीले बताए । ‘कम्युनिस्ट आन्दोलन भनेको मानवता नभएको, स्वार्थका लागि जे पनि गर्न मिल्छ हुन्छ भन्ने खालको बनाइयो,’ उनले भने ।
उनले नेकपा प्रचण्ड–नेपाल समूहप्रति लक्षित गर्दै कुरा नबुझेर सडकमा हल्लिरहेका टिप्पणी गरेका छन् । ‘ठूलो–ठूलो जुरो भएका नेताहरू किसानका कुरा बुझ्दैनन्, तपाईंले बुझेको कुरा नबुझेकाहरू सडकमा हल्लिरहेका छन्,’ ओलीले भने, ‘उहाँहरू प्रतिगमन देखिरहनुभएको छ, प्रतिगमन होइन जागरण भएको छ, किसान आन्दोलनले जागरण ल्याएको छ ।’
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij