Logo

२०८२ माघ १६ गते शुक्रवार

२०८२ माघ १६ गते शुक्रवार

एमालेका विष्णु पौडेल र कांग्रेसका रामकृष्ण यादवको जितविरूद्ध सर्वोच्चमा मुद्दा

एमालेका विष्णु पौडेल र कांग्रेसका रामकृष्ण यादवको जितविरूद्ध सर्वोच्चमा मुद्दा


  • 2.2K
    Shares

    एमालेका विष्णु पौडेल र कांग्रेसका रामकृष्ण यादवको जितविरूद्ध सर्वोच्चमा मुद्दा

    निर्वाचनमा धाँधली गरी नेकपा एमाले उम्मेदवार विष्णु पौडेललाई जिताइएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार गणेश पौडेलले सर्वोच्च अदालतमा मुद्दा दायर गरेका छन् ।

    पौडेलले आफूलाई मतगणनास्थलमा जान समेत नदिई निर्वाचन अधिकृतले एकतर्फी रुपमा आफ्ना प्रतिस्पर्धीलाई निर्वाचित गराएको आरोप लगाएका छन् ।

    रुपन्देही क्षेत्र नं. २ बाट एमाले उम्मेदवार विष्णु पौडेल २७ हजार १४८ मत सहित प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए । उनका निकटतम प्रतिद्धोन्द्धी रास्वपाका गणेश पौडेलले २५ हजार ७८२ मत ल्याएका थिए ।

    उनले रिट निवेदनमा नवनिर्वाचित विष्णु पौडेल, निर्वाचन आयोग, मुख्य निर्वाचन अधिकृतको कार्यालय रुपन्देही, निर्वाचन अधिकृतको कार्यालय क्षेत्र नं. २ र जिल्ला प्रशासन कार्यालय रुपन्देहीलाई समेत विपक्षी बनाएका छन् ।

    मंगलबार दर्ता भएको निवेदनको पेशी तोकिएको छैन । चुनावसम्बन्धी विवाद सर्वोच्च अदालतको संवैधानिक इजलासले निरुपण गर्ने व्यवस्था छ ।

    प्रकाशित मिति :मंसिर २१ २०७९ बुधवार - ११:२३:५५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij