Logo

२०८२ माघ १६ गते शुक्रवार

२०८२ माघ १६ गते शुक्रवार

महासचिव पोखरेलको नेतृत्वमा एमाले केन्द्रीय कार्यालय बैठक बस्दै

महासचिव पोखरेलको नेतृत्वमा एमाले केन्द्रीय कार्यालय बैठक बस्दै


  • 1.8K
    Shares

    महासचिव पोखरेलको नेतृत्वमा एमाले केन्द्रीय कार्यालय बैठक बस्दै

    नेकपा एमाले केन्द्रीय कार्यालय बैठक बस्ने भएको छ । महासचिव शंकर पोखरेलको नेतृत्वमा उक्त बैठक बस्न लागेको हो ।

    बैठक बुधबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्न लागेको हो । बैठकमा महासचिव लगायत उपमहासचिव र सचिवहरु रहने भएका छन् । सो बैठकले पार्टी केन्द्रीय सचिवालयका एजेन्डा तय गर्नेछ ।

    यही मंसिर ४ को निर्वाचनपछि पहिलो पटक बैठक बस्न लागेको हो । भर्खरै सम्पन्न निर्वाचनमा नेकपा एमाले समानुपातिक तर्फ २८ लाख ४५ हजार ४६१ मत प्राप्त गर्दै समानुपातिकमा पहिलो दल बनेको छ । उसले प्रत्यक्षतर्फ ४४ सिट जितेको छ ।

    त्यस्तै नेपाली काँग्रेसले समानुपातिकमा दोस्रो लोकप्रिय मत प्राप्त गर्दा प्रत्यक्षमा भने सबैभन्दा बढी मत प्राप्त गरेको छ ।

    प्रकाशित मिति :मंसिर २१ २०७९ बुधवार - ११:१९:४३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij