Logo

२०८२ माघ १६ गते शुक्रवार

२०८२ माघ १६ गते शुक्रवार

विष्णु पौडेलका प्रतिस्पर्धी गणेश पुनः मतदानको माग गर्दै सर्वोच्चमा

विष्णु पौडेलका प्रतिस्पर्धी गणेश पुनः मतदानको माग गर्दै सर्वोच्चमा


  • 2.3K
    Shares

    विष्णु पौडेलका प्रतिस्पर्धी गणेश पुनः मतदानको माग गर्दै सर्वोच्चमा

    रुपन्देही क्षेत्र नम्बर २ मा पुनः मतदानको माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गणेश पौडेलले सर्वोच्चमा रिट दायर गरेका छन्। मतदान र मतगणनाको क्रममा धाँधली भएको भन्दै रिट दायर गरेको उनले बताए। 

    मंसिर ४ गते भएको चुनावमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गणेश पौडेल र नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलबीच कडा प्रतिस्पर्धा भएको थियो।

    चुनावमा विष्णुसँग पौडेल १ हजार ३६६ मतले पराजित भएका थिए।

    ‘मतगणनाको क्रममा भएको धाँधली र मतदानको दिन भएको धाँधलीको विरुद्ध पुनः मतगणना सहित पुनः मतदानको माग राख्दै आज सर्वोच्च अदालतमा रिट दायर गरेको छु’ सामाजिक सन्जालमा उनले भनेका छन्, ‘आशा गरौं अदालतले निष्पक्ष न्याय दिलाई जनताको अभिमत माथि भएको प्रहारलाई गलत साबित गर्ने छ।’

    प्रकाशित मिति :मंसिर २० २०७९ मंगलवार - १७:११:१५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij