Logo

२०८२ माघ १६ गते शुक्रवार

२०८२ माघ १६ गते शुक्रवार

मधेसका नेताहरुले प्रचण्डलाई निवासमै पुगेर दिए बधाई, मातृका र नारायणकाजीबारे पोखे यस्तो गुनासो !

मधेसका नेताहरुले प्रचण्डलाई निवासमै पुगेर दिए बधाई, मातृका र नारायणकाजीबारे पोखे यस्तो गुनासो !


  • 1.9K
    Shares

    मधेसका नेताहरुले प्रचण्डलाई निवासमै पुगेर दिए बधाई, मातृका र नारायणकाजीबारे पोखे यस्तो गुनासो !

    नेकपा माओवादी केन्द्रका मधेस प्रदेशका विभिन्न नेताले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेका छन् । गोरखाबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका अध्यक्ष प्रचण्डलाई बधाई दिन तराईका विभिन्न जिल्लाबाट आएका नेताहरू उनकै निवास पुगेका हुन् ।

    उनीहरूले अध्यक्ष प्रचण्डलाई खादा र माला लगाएर बधाई तथा शुभकामना दिए । सो अवसरमा चुनावको समीक्षासमेत भएको थियो । मधेसबाट आएका माओवादी केन्द्रका नेताहरुले सात वटा प्रदेशमध्ये मधेसमा पार्टी सबैभन्दा कमजोर भएको टिप्पणी गरेका थिए ।

    उनीहरूले पार्टीको अवस्था कमजोर हुनुमा माओवादी केन्द्रका नेताद्वय नारायणकाजी श्रेष्ठ र मातृका यादवलाई दोषी देखाएका छन् । श्रेष्ठ र यादवबीचको गुटबन्दीका कारण मधेसमा पार्टीको सङ्गठन नाजुक बनेको उनीहरूको गुनासो थियो ।

    एक नेताका अनुसार मधेस प्रदेशबाट आएका विभिन्न नेताहरुले नारायणकाजी श्रेष्ठ र मातृका यादवको नामै लिएर प्रचण्डसमक्ष गुनासो गरेका थिए । अहिले समानुपातिकमा रहेका नामप्रति पनि उनीहरूको गुनासो थियो ।

    समानुपातिक बन्द सूचीमा आएका नाम एउटै गुट र एउटै जातीको देखिन्छ । पार्टीमा योगदान दिएका तथा समाजमा राम्रो छवि भएका व्यक्तिभन्दा आआफ्ना गुटका तथा जातीका व्यक्तिलाई समानुपातिकमा राखेको गुनासो ती नेताको थियो ।

    पार्टीमा नामै नसुनेका व्यक्तिहरूको नाम प्रदेश र संघमा समानुपातिकमा परेको भन्दै उनीहरूले यसमा पार्टीले पुनर्विचार गर्नुपर्ने धारणा राखेका छन् । मधेस प्रदेशमा समानुपातिकको प्राथमिकतामा रहेकामध्ये अधिकांश नारायणकाजी र मातृका गुटका छन् । पार्टीमा योगदान दिएका नेताहरू धेरै पछाडि परेको र गुटबन्दीकै कारण उनीहरूलाई सांसद बनाउन गाह्रो हुँदै गएको नेताहरूको भनाइ थियो ।

     

    प्रकाशित मिति :मंसिर २० २०७९ मंगलवार - १६:१८:१६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij