Logo

२०८२ माघ १६ गते शुक्रवार

२०८२ माघ १६ गते शुक्रवार

पार्टीका नेता-कार्यकर्तालाई तत्काल रिहा गर्न सरकारलाई विप्लव नेतृत्वको नेकपाको दबाब

पार्टीका नेता-कार्यकर्तालाई तत्काल रिहा गर्न सरकारलाई विप्लव नेतृत्वको नेकपाको दबाब


  • 1.9K
    Shares

    पार्टीका नेता-कार्यकर्तालाई तत्काल रिहा गर्न सरकारलाई विप्लव नेतृत्वको नेकपाको दबाब

    नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले आफ्ना पार्टीका नेता, कार्यकर्तालाई लगाइएको मुद्दा खारेज गरी जेलबाट रिहा गर्न सरकारलाई दबाब दिएको छ।

    मंगलबार सिंहदरबारमा गृहमन्त्री बालकृष्ण खाँणसँग भेटगरी नेकपा प्रवक्ता खडग्बहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले दबाब दिएका हुन्। 

    मुलुक निर्वाचनको परिणामसँगै नयाँ सरकार गठनको चरणमा प्रवेश गरिरहेका बेला नेकपाले भने यही सरकारले आफूहरुको माग सम्बोधन गर्नुपर्ने जिकिर गरेको छ। 

    वर्तमान सरकारले कानुनी जटिलता हल गरेर नेकपाका नेता, कार्यकर्तामाथि लगाइएको मुद्दा खारेज र जेलबाट रिहाई गर्ने निर्णय मन्त्रिपरिषद्‍बाट गरिसकेकाले त्यसलाई छिटो कार्यान्वयन गर्न सरकारलाई दबाब दिइएको प्रकाण्डले बताए। यता, गृहमन्त्री खाँणले पनि समस्या समाधान गर्न सरकार इमान्दार र प्रतिवद्ध रहेको बताएका छन् ।

    केपी ओली नेतृत्वको अघिल्लो सरकारसँग तीन बूँदे सहमति गरी नेकपा शान्ति प्रक्रियामा आएको थियो । तर सो सहमति अझै कार्यान्वयनमा नआएको भन्दै सो पार्टीले असन्तुष्टि जनाउँदै आएको छ । 

    प्रकाशित मिति :मंसिर २० २०७९ मंगलवार - १४:२६:१० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij