२०८२ माघ १६ गते शुक्रवार
प्रतिनिधिसभा समानुपातिकतर्फ नेपाली कांग्रेसले मतको संख्या २७ लाख कटाएको छ। प्रत्यक्षतर्फ सबैभन्दा धेरै ५७ सिट जितेको कांग्रेसले यो खबर तयार पार्दासम्म २७ लाख ४ हजार ४ सय २७ समानुपातिक मत ल्याएको हो।
प्रत्यक्षतर्फ पहिलो कांग्रेस समानुपातिक मतमा भने एमालेभन्दा पछि दोस्रो स्थानमा छ। निर्वाचन आयोगको तथ्यांकअनुसार प्रत्यक्षतर्फ प्रतिनिधिसभामा ४४ सिट जितेको एमालेले समानुपातिक मत सबैभन्दा धेरै २८ लाख ३१ हजार २ सय ७६ ल्याएको छ।
हेर्नुहोस् अन्य दलको समानुपातिक मतको सूची :
एकल चिह्न गोलाकारभित्र हँसिया–हथौडा (नेकपा माओवादी केन्द्र/नेपाल समाजवादी पार्टी)
११,७०,२६२
राष्ट्रिय स्वतन्त्र पार्टी
११,२७,११३
राष्ट्रिय प्रजातन्त्र पार्टी
५,८७,८५५
जनता समाजवादी पार्टी, नेपाल
४,२१,०५५
जनमत पार्टी
३,९४,५९९
उल्लिखित ७ दलबाहेक अन्यले अहिलेसम्म थ्रेसहोल्ड (कूल सदर मतको ३ प्रतिशत) कटाएका छैनन्। थ्रेसहोल्ड नकटाएका दलले पाएका मत काम लाग्दैन अर्थात् खेर जान्छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij