Logo

२०८२ माघ १६ गते शुक्रवार

२०८२ माघ १६ गते शुक्रवार

प्रधानमन्त्री देउवा र शशांक कोइरालाबीच भेटवार्ता, के भयो कुराकानी ?

प्रधानमन्त्री देउवा र शशांक कोइरालाबीच भेटवार्ता, के भयो कुराकानी ?


  • 1.8K
    Shares

    प्रधानमन्त्री देउवा र शशांक कोइरालाबीच भेटवार्ता, के भयो कुराकानी ?

    काठमाडौं । प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवा र नेता शशांक कोइरालाबीच भेटवार्ता भएको छ । चुनाव जितेर काठमाडौं फर्किएका कोइरालाले मंगलबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा देउवासंग भेट गरेका हुन् ।

    भेटमा देउवा र कोइरालाले एक अर्कालाई बधाई ज्ञापन गरेका थिए भने चुनावी परिणाम र सरकार गठनका विषयमा छोटो कुराकानी भएको थियो ।

    भेटमा सभापति देउवाले नेता कोइरालालाई पार्टीको संसदीय दलमा आफूलाई सघाउन आग्रह गरेका छन् । कोइरालाले त्यसबारे सल्लाह गरौँला भनेर जवाफ दिएका छन् ।

    यसअघि निर्वाचनको परिणाम आएलगत्तै कोइरालाले आफू पनि संसदीय दलको नेताका लागि योग्य भएको र प्रधानमन्त्रीको दाबेदार रहेको बताएका थिए ।

    प्रकाशित मिति :मंसिर २० २०७९ मंगलवार - १३:००:०५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij