Logo

२०८२ माघ १६ गते शुक्रवार

२०८२ माघ १६ गते शुक्रवार

राष्ट्रपति भण्डारी र सञ्चारमन्त्री कार्कीबीच भेटवार्ता, सम्भावित सत्ता समीकरणबारे चासो

राष्ट्रपति भण्डारी र सञ्चारमन्त्री कार्कीबीच भेटवार्ता, सम्भावित सत्ता समीकरणबारे चासो


  • 2.4K
    Shares

    राष्ट्रपति भण्डारी र सञ्चारमन्त्री कार्कीबीच भेटवार्ता, सम्भावित सत्ता समीकरणबारे चासो

    सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेका छन् । 

    सत्ता समीकरणका विभिन्न प्रयास भइरहेका बेला सञ्चारमन्त्री कार्की मंगलबार बिहान राष्ट्रपतिलाई भेट्न शीतल निवास पुगेका थिए । भेटमा सम्भावित सत्ता समीकरण र समसामयिक विषयमा छलफल भएको राष्ट्रपति कार्यालय स्रोतले जनाएको छ ।

    उनीहरूबीच झण्डै ४५ मिनेट कुराकानी भएको थियो । भेटमा निर्वाचनको नतिजा र सम्भावित सत्ता समीकरणबारे राष्ट्रपतिले चासो राखेको स्रोतले जनाएको छ ।

    कार्कीले वर्तमान सत्ता गठबन्धनको सोमबारको बैठकमा यही गठबन्धनलाई निरन्तरता दिने निर्णय गरेको बताएका थिए । साथै निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको बताएका थिए ।

    प्रतिनिधि सभा सदस्य निर्वाचित भएपछि कार्कीले राष्ट्रपति भेट्नुलाई राजनीतिक भेटका रुपमा लिइएको छ । सरकारका प्रवक्तासमेत रहेका कार्की प्रधानमन्त्री शेरबहादुर देउवाको दूतका रुपमा राष्ट्रपतिलाई भेट्न पुगेको हुन सक्ने विश्लेषण गरिएको छ । 

    सोमबार बसेको सत्ता गठबन्धको बैठकले वर्तमान गठबन्धनलाई नै निरन्तरता दिने निर्णय गरेपछि भएको यो भेट अर्थपूर्ण रुपमा लिइएको छ।

    प्रकाशित मिति :मंसिर २० २०७९ मंगलवार - ११:५६:५४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij