२०८२ भाद्र ६ गते शुक्रवार
काठमाडौं । केपी ओली नेतृत्वको नेकपाले बिहीबार साँझ प्रदर्शनी मार्गस्थित बाल्मिकी क्याम्पसबाट मार्चपास गरेको छ।
प्रचण्ड–नेपाल नेतृत्वको नेकपाले आह्वान गरेको आमहडतालबीच ओली पक्षका नेता महेश बस्नेतको नेतृत्वमा निकालिएको मार्चपास पुतलीसडकतर्फ अघि बढेको हो।
भोली शुक्रबार काठमाडौं शक्ति प्रदर्शन गर्ने तयारीमा रहेको ओली पक्षले आज प्रचण्ड–नेपाल पक्षको आमहडतालबीच नै सो मार्चपास गरेको हो।
यता , प्रचण्ड-माधव पक्षीय नेकपाका कार्यकर्ताले बिहानै सामाखुसीमा ट्याक्सी जलाएर आजको आमहड्ताल हिंसात्मक हुने संकेत दिए । तर, सो घटनाको चौतर्फी निन्दा भएपछि उनीहरुले थप आक्रामकता देखाएका छैनन् ।
ट्याक्सी जलाइएसँगै बिहानैदेखि काठमाडौंका सडक सुनसान भए । मानिसहरू सडकमा निस्कन डराए । तर, मध्यान्नपछि भने बन्दको बिस्तारै खुकुलो हुन थालेको छ । हामीले काठमाडौंका विभिन्न स्थानको अवलोकन गर्दा सवारीसाधन बाक्लै संख्यामा देखिएका छन् ।
आन्दोलनकारीको पनि मुड दिउँसोदेखि फेरिएको छ । उनीहरुले सडकमा निस्केका सवारीसाधनलाई आक्रमण तोडफोड गरेका छैनन् । अवरोध प्रयास भने गरिरहेका छन् ।
बालाजु, सामाखुसी, नारायाणगोपाल चोक, चावहिल, पुरानो बानेश्वर, नयाँबानेश्वर क्षेत्रति सवारी सधान बाक्लै चलेका छन् । चक्रपथ क्षेत्रमा महानगर यातायात, ट्याक्सी, टेम्पु, माइक्रो र अन्य केही सवारी साधन पनि बाक्लै चल्न थालेका छन् ।
मध्यान्ह हुनै थाल्दा आन्दोलनकारी नरम बनेका थिए । मुख्य चोकमा भएको जम्मा भएको भीडले पनि सवारी सधान रोक्न प्रयास गरे पनि बल प्रयोग गरेका देखिएन । बरु, ठाउँ-ठाउँमा प्रहरीले नै सवारीसधान चल्न रोकिरहेको थियो । एम्बुलेन्स, प्रेसलगायत अत्यावश्यक सेवाका सवारीसाधन भने निर्वाध चलेका छन् ।
हिजो आमहड्तालको घोषणा भएदेखि नै सामाजिक सञ्जालमा तीब्र विरोध भइरहेको छ । प्रचण्ड(नेपाल पक्षले आमहड्तालमा धेरै कठोरता अपनाउन नसक्नुको कारण पनि यही हो । सो समूहका नेताहरुले आमहड्ताललाई बाध्यात्मक भन्दै आएका छन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij