Logo

२०८२ माघ १६ गते शुक्रवार

२०८२ माघ १६ गते शुक्रवार

समानुपातिक तर्फको मतगणना अन्तिम चरणमा: एमालेले २८ लाख कटाउँदा अरु दलको कति ?

समानुपातिक तर्फको मतगणना अन्तिम चरणमा: एमालेले २८ लाख कटाउँदा अरु दलको कति ?


  • 2.0K
    Shares

    समानुपातिक तर्फको मतगणना अन्तिम चरणमा: एमालेले २८ लाख कटाउँदा अरु दलको कति ?

    मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभाको समानुपातिकर्फको मतगणना अन्तिम चरणमा आई पुगेको छ ।

    मंगलबार बिहान सम्म एक करोड चार लाख ७८ हजार ७३५९ मतगणना भएको छ । जसमा नेकपा एमाले अग्रस्थानमा छ । एमालेले २८ लाख १४ हजार ६५५ मत मत पाएको छ ।

    दोस्रो स्थानमा रहेको नेपाली कांग्रसले २६ लाख ८८ हजार २१८ मत पाएको छ । तेस्रोमा रहेको नेकपा माओवादी केन्द्रले ११ लाख ६४ हजार १०२ मत पाएको छ ।

    राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख २४ हजार ७७८ मत पाएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख ८६ हजार ८१६ मत पाएको छ । जनता समाजवादी पार्टीले ४ लाख २० हजार ९५४ मत पाएको छ ।

    यसै चुनावबाट उदाएको सीके राउत नेतृत्वको जनमत पार्टीले ३ लाख ९४ हजार ५३८ मत पाएको छ । माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) ले भने २ लाख ९६ हजार ९० मत मात्र पाएको छ । प्रत्यक्षतर्फको अन्तिम परिणाम भने आइसकेको छ ।

     

    प्रकाशित मिति :मंसिर २० २०७९ मंगलवार - ११:११:०२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij