२०८२ माघ १६ गते शुक्रवार
सत्ता गठबन्धनको बैठक सुरू भएको छ । बैठक प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा सुरू भएको प्रधानमन्त्री शेरबहादुर देउवाका प्रेस सल्लाहकार गोविन्द परियारले जानकारी दिए ।
यो बैठक निर्वाचन सम्पन्न भएपछिको पहिलो बैठक हो । बैठकमा निर्वाचनको समीक्षासँगै भावी रणनीतिबारे छलफल गर्ने एजेण्डा छ ।
बैठकमा प्रधानमन्त्री एवम् कांग्रेस सभापति देउवासँगै उपसभापति पूर्णबहादुर खड्का, वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता कृष्णप्रसाद सिटौला उपस्थित छन् भने नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, महासचिव देव गुरुङ सहभागी छन् ।
यस्तै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, उपाध्यक्ष प्रमेश हमाल, महासचिव डा. बेदुराम भुसाल सहभागी छन् । यस्तै राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेल पनि बैठकमा सहभागी छन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij